कक्षा १२ को परीक्षाफल आज प्रकाशित हुने


हरेकपल July 29, 2019

काठमाडौं १३ साउन । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा उतीर्ण परीक्षा (एसएलसीई) कक्षा १२ को नतिजा सोमबार प्रकाशन गर्ने भएको छ ।बोर्डले साँझ ५:०० बजे सम्ममा सबै विषयको नतिजा प्रकाशन गर्ने तयारी गरेको परीक्षा नियन्त्रण कृष्णप्रसाद शर्माले बताउनु भयो ।

नतिजा प्रकाशनका लागि सोमबार बोर्ड बैठक बोलाइएको छ । प्राविधिकसहितको उपस्थितिमा आइतबार नतिजाको सुद्धता परीक्षण गरिएको थियो। परीक्षणमा गल्ती नभेटिएकाले आज नतिजा प्रकाशन गर्ने तयारी गरिएको हो । यस वर्ष चार लाख ३५ हजार विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका छन । गोरखापत्रबाट