पर्यटनकालागि सडकमा सिरिसको फुल


हरेकपल July 29, 2019

-विजय राई-

धनकुटा । धनकुटा मिसन मुस्कानपर्यटन प्रवद्धन केन्द्र धनकुटाले धनकुटाको सडकको दायाबाया सिरिसको फुल रोपेका छन् ।धनकुटाको पर्यन प्रवद्धन गर्ने उदेश्यले धनकुटाको बसपार्क देखि कागेते सम्म सडकको दायाबाया सिरिसको फुल धनकुटा मिसन कुस्कान पर्यटन प्रवद्धन केन्द्रको आयोजनामा रोएिको हो ।उक्त सिरिसको फुल राप्ने कार्यक्रममा धनकुटा जिल्ला समन्य समितिका प्रमुख टंक वहादुर चुवान,धनकुटा पर्यटन विकास समितिका अध्यक्ष विजय सन्तोषी राई,नेपालपत्रकार महासंघ धनकुटका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,धनकुटा मिसन कुस्कानपर्यटन प्रवद्धन केन्द्रका अध्यक्ष कुसुम राना,सल्लेरी बरखगणका प्रमुख सेनानी भगवान थपाा,जिल्ला प्रहरी कार्यालय धनकुटका एस पी सुर्दशन कोईराला,सशस्त्र प्रहरी बल ६ नम्वर छिन्ताङ्ग देवीगुल्म धनकुटका डि एस पीबाल कृष्ण श्रेष्ठ,नेपाल रेडक्रस सोसाईटी प्रदेश नम्वर १ का सभापति नरेन्द्र पोखरेल,जिल्ला यूवा समिति धनकुटका अध्यक्ष अर्जुन छारा राई,लेडी जेसिज धनकुटाकी अध्यक्ष प्रमिसा श्रेष्ठ,प्रेस सेनटर धनकुटका अध्यक्ष इश्वर थापा,संस्थाका सचिव रिता राई,सावित्रा वान्तवा,पवित्रा डागी,तारा तिवारी,जुनी राई लगायतले १ हजार वटा सिरिसको फुल रोप्नु भएको थियो ।
धनकुटाको पर्यटन प्रवद्धन गर्ने उदेश्यले धनकुटाको सडकको दायाबायामा सिरिसको फुल रोपिएका र यस भन्दा अघि भर्खर मात्र धनकुटा बजारमा गमला र फुल वितरण गरेको धनकुटा मिसन कुस्कान पर्यटन प्रवद्धन केन्द्रका अध्यक्ष कुसुम रानाले वताईन ।