धनकुटाको सागुरीगढी भेडेटारमा २३ घर जोखिममा


हरेकपल July 29, 2019

-शरु राई-

धनकुटा १३ साउन। पहिरोका कारण धनकुटा जिल्ला सागुरीगढीको वडा नं. ६ भेडेटार स्थित मजुवाका २३ घर अत्यन्तै जोखिममा परी बिचल्लीमा परेको आज जनाएका छन ।केही दिन परेको अविरल बर्षा पछि आएको पहिरोका कारण धनकुटाको सागुरीगढी स्थित भेडेटार वडा नं. ६ को मजुवाको २३ घर अत्यन्तै जोखिममा रेहेका त्यस मध्य पनि १३ घरलाई तत्काल स्थानान्तरण गर्नु पर्ने भएको वडाध्यक्ष यम(दिपक)मगरले वताउनु भयो ।पहिरोले क्षती भएको मजुवा गाउको स्थितिको वारेमा वडाध्यक्ष दिपक मगरले पहिरोको क्षती र उद्धार तथा राहतको वारेमा स्थलगत रुपमा गएको पूर्व सांसद तथा नेपाली कांग्रेस धनकुटका पूर्व सभापति मनाोहर नारायण श्रेष्ठ,नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,क्षेत्रिय सभापति जितेन्द्र राई,नेपाल टे«ड युनियन कांग्रेस धनकुटका अध्यक्ष विगेन्द्र याक्खा,कमल कार्कीसहितको टोलीलाई क्षतीको वारेमा जानकारी दिदै राहत तथा उद्धार पीडितहरुलाई स्थानान्तरणका लागी पहल गरिदिन आग्रह गर्नु भएको थियो ।

सो अवसरमा संविधान सभाका सदस्य तथा नेपाली कांग्रेस धनकुटका पूर्व सभापति मनोहर नारायण श्रेष्ठको टोलीले पीडितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नु पर्ने र राहतका लागी पहल गर्ने विश्वास दिलाउनु भएको थियो ।
नेपाली कांग्रेस धनकुटको उक्त टोलीले पहिरोले क्षती भएको धनकुटा नगरपालिकाका विभिन्न वडाहरुमा र सागुरीगढीका विभिन्न वडाहरुको समेत स्थलगत रुपमा गई क्षतीको वारेमा विवरण संकलन गरी पीडितहरुसंग छलफल गर्दै तत्काल पीडितहरुलाई राहत उपलब्ध गराउन समेत सरकारसंग माग गरेको छ । पहिरोबाट जोखिममा परेका घरपरिवारलाई नाम्जे एरियाको ओईलानी तथा सरकारी जग्गामा तत्काल घर निर्माण गरी दिनका लागी राहत समेत दिई स्थानान्तरण गर्न समेत धनकुटा कांग्रेस टोलीले पहल गर्ने विश्वास दिलाएको नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राईले वताउनु भयो ।