आज मंगलबार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन २०७६ श्रावण १४ गते


हरेकपल July 30, 2019

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल श्रावण महिनाको १४ गते मंगलवार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत श्रावण कृष्णपक्षको त्रयोदशी तिथि दिवा १२।३८ बजेसम्म रहनेछ । यो महिनाका देवता श्रीधर र मासदेवी कान्तिमती हुन् । सूर्य कर्कट राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । आद्र्रा नक्षत्र दिवा ३।४७ बजेसम्म रहनेछ । आज हर्षण योग र भद्रा करण रहेको छ । यसैगरी आज सूर्योदय ५।२६ मा छ भने सूर्यास्त बेलुका ६।५३ बजे हुनेछ ।

चन्द्रमा आज मिथुन राशिमा छन् । आज मंगलबार गणेशजीको उपासनासँगै राता वस्तुको प्रयोग शुभ रहनेछ । यसैगरी आज घण्टाकर्णचतुर्दशी पनि परेको छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५