धैर्य व्यक्तिको मन कस्तो हुन्छ ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल July 30, 2019

चलन्तु गिरयः कामं युगान्तपवनाहताः ।
कृच्छेरपि न चलत्येव धीराणां निश्चलं मनः ।। –नीति श्लोक

युगान्तकालीन हावाको झोक्काले पर्वत हल्लिएला तर धैर्य व्यक्तिको मन जतिसुकै विपत्ति आइपरेपनि विचलित हुँदैन । अर्थात् निश्चल रहन्छ ।

धैर्यता प्रगतिको पर्याय हो । जीवनमा धैर्यता पनि अपरिहार्य छ । युगान्तकालीन हावाको झोक्काले पर्वत हल्लिए पनि धैर्य व्यक्तिको मन जस्तोसुै विपत्तिमा पनि विचलित हुँदैन । चार युगको अन्त्यपछि प्रलय आउने धर्मशास्त्रमा बताइएको छ । यस्तो प्रलयले पर्वतलाई पाखा लगाए पनि धैर्य व्यक्ति अटल र निश्चयी रहन्छन् । उनीहरूको मन स्थिर रहन्छ भन्ने नीति वचन मननीय छ । —नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद्—