सरकारका सबै पखेटामा खिया लागे : चन्द्र भण्डारी


हरेकपल July 29, 2019

१३ साउन,बुटवल ।
नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले सरकारका सबै पखेटामा खिया लालेको धारणा राखेका छन् । रपोटर्स क्लव प्रदेश ५ ले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् । यसैगरी उनले सरकार परिवर्तनको खेल कसैका लागि राम्रो नहुने बताएका छन् । ५ बर्षसम्म अहिलेकै नेतृत्वलाई सरकारलाई चलाउन दिनुपर्ने भण्डारीको निष्कर्ष छ ।

उनले भने ‘ओली जी धेरै बोल्नुहुन्छ काम गर्नुहुन्न, संबैधानिक हिसाबले पनि सरकारलाइ ५ बर्ष भनिएको छ, अर्काेतिर सरकारले सिन्को नभाच्दा कांग्रेसलाइ पनि त फाइदै भएको छ, जनताका बिचमा जाने, अर्काे चुनाबमा जित्ने ।’

साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री एक्लैले गर्न खोजेर मात्र नहुने भन्दै काम गर्ने वातावरण नरहेको समेत बताए । मन्त्रीहरू, आसेपासेहरू खराब छन् यहाँ त गर्छु भन्दा पनि काम गर्ने अबस्था नै छैन, उनले भने ।

ओलीले निर्वाचनका बेला देखाएको राष्ट्रवाद छर्लङ्ग भएको भन्दै नेता भण्डारीले भने ‘ओली जी ले राष्ट्रियताका विषयमा जुन चेक दिनु भएको थियो, त्यो पांच बर्षमा बाउन्स हुन्छ, अनि जनताले कारवाही गर्ने छन् ।’

उनले राष्ट्रयताका विषयमा जनतालाई देखाएको सपना अधुरो र अपुरो बन्दै गएको भन्दै जनताले उचित समयमा कारवाही गर्ने बताए । भण्डारीले नेपालका नेताहरु भ्रष्टाचारमा लिप्त भएको समेत बताएका छन् ।

गुल्मीका पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन र सहयोग गरी फर्किएका उनले गुल्मीको अबस्था दर्दनाक भएको बताए । केही राष्ट्रिय मिडियाले राजनीति गर्दा गुल्मीको अवस्था थप विकराल बनेको उनको भनाइ छ ।

‘त्यहा कति पिडा छ, महामारीको अवस्था छ, केही व्यक्तिले हेलिकप्टरबाट दुइ जना बालिकालाई उपचारका लागि लगेको र मिडियाले त्यसैलाइ मात्रै हाइलाइट गर्दा यहांको बास्तविक अवस्था छायाँमा पर्यो,’ उनले भने ।

उनले मानवीय हिसावले पार्टीले र आफूले ३ लाख नगद सहयोग गरेको भन्दै प्रचार गर्नलाई नगरेको समेत बताए ।

भण्डारीले संघीय र प्रदेश सरकारले पहिरो पिडीतलाई प्रर्याप्त सहयोग गर्न नसकेको बताए ।
आफुले पिडीत परिवारलाई ५ हजार रुपैयाका दरले सहयोग गर्दा गलत प्रचार गरीरहेको समेत गुनासो गरे।

प्रदेश सरकारले एकिकृत बस्ती बसाउनुपर्ने भन्दै उनले अहिले १ दिनमै घर बनाउन सकिने अबस्था रहेको समेत बताए ।