भेडेटारका २३ घर जोखिममा


हरेकपल July 29, 2019

शरु राई ।
धनकुटा १३ साउन । पहिरोका कारण धनकुटा जिल्ला साँगुरीगढीको वडा नं. ६ भेडेटार स्थित मजुवाका २३ घर अत्यन्तै जोखिममा परेका छन् ।

केही दिनदेखि परेको अविरल बर्षापछि आएको पहिरोका कारण २३ घर अत्यन्तै जोखिममा रेहेकाले तत्काल स्थानान्तरण गर्नु पर्नेे वडाध्यक्ष यम(दिपक)मगरले बताउनु भयो ।

पहिरोको क्षति र उद्धार तथा राहतका बारेमा स्थलगत अध्ययन गनर्ज गएका पूर्व सांसद तथा नेपाली कांग्रेस धनकुटका पूर्व सभापति मनाोहर नारायण श्रेष्ठ, नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई,क्षेत्रीय सभापति जितेन्द्र राई,नेपाल टे«ड युनियन कांग्रेस धनकुटका अध्यक्ष विगेन्द्र याक्खा,कमल कार्कीसहितको टोलीलाई क्षतीको वारेमा जानकारी दिदै राहत तथा उद्धार पीडितहरुलाई स्थानान्तरणका लागी पहल गरिदिन वडाध्यक्ष मगरले आग्रह गर्नु भएको थियो ।
सो अवसरमा संविधान सभाका सदस्य तथा नेपाली कांग्रेस धनकुटका पूर्व सभापति मनोहर नारायण श्रेष्ठको टोलीले पीडितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र राहतका लागि पहल गर्ने विश्वास दिलाउनु भएको थियो ।

नेपाली कांग्रेस धनकुटको उक्त टोलीले तत्काल पीडितहरुलाई राहत उपलब्ध गराउन समेत सरकारसंग माग गरेको छ ।

पहिरोबाट जोखिममा परेका घरपरिवारलाई नाम्जे एरियाको ओईलानी तथा सरकारी जग्गामा तत्काल घर निर्माण गरिदिनका लागि राहत समेत दिई स्थानान्तरण गर्न समेत धनकुटा कांग्रेस टोलीले पहल गर्ने विश्वास दिलाएको नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राईले वताउनु भयो ।