पार्टी सचिवालयको बैठक स्थगित गरेर सिंगापुर र दुवई भ्रमणमा ओली र दाहाल


हरेकपल July 29, 2019

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय विदेश भ्रमणमा निस्किने भएका छन् । केपी शर्मा ओली सिंगापुर र पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवई भ्रमणमा निस्किन थालेका हुन् ।

प्रधानमन्त्री ओली साउन १८ गते सिंगापुर जाँदै छन् । त्यस्तै नेकपाकै अर्का अध्यक्ष प्रचण्ड भने भोली (मंगलबार) दुवई भ्रमणमा जाने भएका छन् ।

ओली ७ दिनका लागि नीजि उपचारका क्रममा सिंगापुर जान लागेका हुन् । अध्यक्ष दाहाल परिवारसहित दुवई भ्रमणमा जान लागेका हुन् । अध्यक्ष प्रचण्डको दुवई भ्रमणको उद्वेश्य घुमघाम रहेको जनाएको छ ।

स्कुल विभागको जिम्मेवारीका विषयमा कुरा नमिलेपछि बैठक पटक पटक सर्दै आएको छ । सोमबार बसेको सचिवालय बैठक पनि दुई सातापछि बस्नेगरी विना निश्कर्ष टुंगिएको छ । पार्टी सचिवालयको बैठक स्थगित गरेर दुई अध्यक्ष विदेश भ्रमणमा जान लागेका हुन् ।