राजनीतिमा शक्ति वासना


हरेकपल July 30, 2019

-ओम आचार्य-

ग्रहणमा अधि जोड़िए पछी अधिग्रहण हुन्छ र यो शव्दले कसैको स्वामित्वमा रहेका कुनै पनि वस्तु सरकारले ग्रहण गर्न सक्छ, भन्ने वुझाउछ । त्यस्तै नायकमा अधि जोडिएपछी अधिनायक हुन्छ यस्ले पनि त्यस्तै अर्थ दिन्छ । सवै क्षेत्रमा राजनीतिमा , अर्थनीतिमा , शिक्षानीतिमा , संचार नीतिमा अरु सवैको नायकत्व हरण गरेर आफैले नायकत्व ग्रहण गर्नु नै अधिनायक भनिन्छ यस्लाई सर्वसत्तावाद भनेर वुझ्दा पनि हुन्छ ।

वर्तमान ओलि सरकार यही वाटोमा अग्रसर हुदैछ, । उन्को यो अधिनायकवादी पथले राष्ट्रमा अस्तव्यस्तता लाई निम्तो दिन्छ र यस्को नतिजा अर्थात भोली ओलि पथले आफु र आफ्नो सरकार स्थापित गर्नु भन्दा पनि अर्कै शक्तिलाई स्थापित गर्ने मार्ग प्रसस्त गर्दै छ जस्तो देखिन्दैछ। अहिलेको ने क पा को सरकारको अधिनायकवाद, सर्वसत्तावाद ,जस्ता प्रवृतीले राजशाही व्यवस्थालाई समेत विर्साउने गरि आफ्नो नेतृत्वको सरकार को परिचय वनाउने हो कि भन्ने शंसय हुदैछ । राजनीतिमा शक्तिको वासना पाल्ने मानिस भौतिक वासना पाल्ने भन्दा धैरै नै ज़्यादा खतरनाक , क्रुर , हिंसक र स्वार्थी हुन्छन , यिनीहरुलाई मात्रै शक्ति चाहिन्छ , शक्तिशाली, र महान तथाकथित नेता वन्न चाहान्ंछन यिनीहरु । सहज बहुमत हुदा हुदै अन्य राजनीतिक दललाई समेत मन्त्रिमण्डलमा समावेश गरेर दुइ तिहाई मत पुर्याउन खोज्नु नै शक्ति वासनाको प्रमाण हो र यस्तो वासना पाल्ने राजनीतिक पार्टीको यस संसारमा कालान्तारमा पतन भएको पनि देखिएको छ।

अर्कोतर्फ संविधानमा भएको व्यवस्था अनुसार संसदमा र प्रदेस सभामा सभामुख र उपसभामुख यौटै पाटीको रहने व्यवस्था छैन , ए मा ले र माओवादी एकीकरण पूर्व त ठिक्कै थियो । एकीकरण पश्चात यौटै पार्टी रहेको हुदा एक पद छाडनु पर्ने संवैधानिक व्यवस्था वमोजीम पदत्याग गर्नु पर्नेमा त्यो नछाड्ने तर्क जसरी आइरहेछ त्यो संविधानको भावना विपरित छ नै । यो भन्दा पनि मूल कुरा ने क पा को शक्ति वासना नै हो र यस्तो वासना अव सर्वत्र देखिदै जानेछ जुन कुरा लोकतन्त्रको लागी ख़तराको संकेत हो ।

सरकार प्रमुख हुनेले राजदण्डको प्रयोग गर्छ तर त्यो शक्ति वासना पाल्नेले चै राजदण्ड गलत ठाउमा प्रयोग गर्छन । यसको ऐृतिहासिक उदाहरण हो : तुलसीदास लाई अकवरले कैद गरे , मुग़लहरुवाट शिखका दश गुरुले पनि राजदण्ड झेले , रोमन साम्राज्यमा पनि एकजनालाई सुलिमा वाधेर राजदण्ड सुनाइ सुलिमा लटकाइयो , नेलशन मण्डेलाले पनि राजदण्ड झेले र पुरै ज़िन्दगी जेलमा विताए , चिनमा नै नवेल पुरस्कार प्राप्त गरेका मानिसहरु राजदण्ड कै कारण सम्पूर्ण जीवन कारागारमा विताउनु पर्यो ।
अहिले प्रधानमंत्री के पी ओलीमा यै खालको शक्ति वासना पलाएको र पाल्दै गरेको देखिन्छ र यै राजदण्डको भय डर र त्रास देखाएर विपक्षी दलका नेताहरुलाई निस्तेज गर्न खोजिदै छ , अहिले यै राजदण्ड कै वल वुतामा राज्यसत्ता संचालन प्रयास भइरहेको छ । यस्तो अवस्थामा न्याय कानुन अर्थात कानुनी राज्य त्यो राजदण्डसंग हार्दै जान्छ , ।

प्रधान मन्त्रीमा शक्ति वासना छ र त्यो वासनाको उदाहरणलाई प्रधान मन्त्रीको कार्यलयमा गृहको गुप्तचर विभाग , अर्थको राजस्व अनुसन्धान विभाग लगायतका विभागहरु राख्नुले प्रमाणित गर्दछ । यी सवै शक्तिको भोंक , वासना हुन् । यस्तो भोंक र वासना पाल्ने मानिस कहिल्यै तृप्त हुदैनन् र यो भोक बड्दै जानेछ जस्तो मानव अधिकार आयोगमाथि नियन्त्रण , पत्रकार आचारसंहितामा आपराधिक दण्ड सजायको प्रावधानका कुरा यिनै शक्ति वासनाले ल्याएको कुरा हुन ।

चाहे राष्ट्र होस चाहे सरकार होस यिनीहरुको राजनीतिमा मुख्य उद्देश्य शक्ति प्राप्त गर्नु हो र त्यो शक्तिको प्रभावमा , दवावमा आफुलाई स्थापित गर्दै जानु हो , आफ्नो विचारलाई लागु गर्दै जानु हो । तर याहा नेर त्यो शक्ति कसरी प्रयोग भइरहेछ , र किन प्रयोग भइरहेछ त्यो चै राजनीतिक विश्लेषकहरुले , विचारकहरुले , मानव अधिकारवादीहरुले अध्ययन गर्ने नै छन । अहिले नेकपाको शक्ति वासनाले गरेको राज्य संञ्चालनलाई वर्तमान नेपालको राजनीति मूल्यहीन हुन लागेको भन्नु पर्ने हुन्छ। मूल्यहीन राजनीति मात्रैको भविष्य छैन र भोलि माथि उल्लेख गरिएका राजनीतिक विश्लेषक , राजनीतिक विचारक र मानव अधिकारवादीको पनि यही निष्कर्ष आउछ भन्ने मेरो मान्यता छ ।