आज साउनको पन्ध्र, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७६ श्रावण १५ गते


हरेकपल July 31, 2019

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल श्रावण महिनाको १५ गते बुधवार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत श्रावण कृष्णपक्षको चतुर्दशी तिथि बिहान १०।५४ बजेसम्म रहनेछ । यो महिनाका देवता श्रीधर र मासदेवी कान्तिमती हुन् । सूर्य कर्कट राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । पुनर्वसु नक्षत्र दिवा २।४६ बजेसम्म रहनेछ । आज वज्र योग र चतुष्पाद करण रहेको छ । यसैगरी आज सूर्योदय ५।२७ मा छ भने सूर्यास्त बेलुका ६।५२ बजे हुनेछ ।

चन्द्रमा आज कर्कट राशिमा छन् । यसैगरी आज श्रावण महिनाको १५ गते नेपाली समाजमा खीर खाएर मनाउने चलन रहेको छ । असारे रोपाइँको चटारो सकेर थकाइ मेटाउन मीठो वस्तु खीर खाने चलन समाजमा चलिआएको पाइन्छ । यसैगरी औँसीमा गर्नुपर्ने श्राद्ध पनि आज नै परेको छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५