आज औँसी तिथि, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन २०७६ श्रावण १६ गते


हरेकपल August 1, 2019

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल श्रावण महिनाको १६ गते बिहीवार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत श्रावण कृष्णपक्षको औँसी तिथि ८।५२ बजेसम्म रहनेछ । यो महिनाका देवता श्रीधर र मासदेवी कान्तिमती हुन् । सूर्य कर्कट राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । तिष्य नक्षत्र दिवा १।२९ बजेसम्म रहनेछ । आज सिद्धि योग र किंस्तुघ्न करण रहेको छ । यसैगरी आज सूर्योदय ५।२७ मा छ भने सूर्यास्त बेलुका ६।५१ बजे हुनेछ ।

चन्द्रमा आज कर्कट राशिमा छन् । यसैगरी आज श्रावण कृष्णपक्षको औँसी तिथि हो । औँसीमा आकाशमा चन्द्रको पूर्णभाग कालो हुन्छ । औँशी तिथि पितृका लागि भने दिन रहने भएकाले आज पैतृक कार्यका साथै स्नान, दान एवं ब्राहमण भोजनजस्ता कार्य शुभ रहनेछन् ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५