मेष राशिः शत्रु पक्ष सबल रहनेछन्, कार्य हानिका साथै मनमा अस्थितरा रहने देखिन्छ ।
वृष राशिः आर्थिक उन्नति हुनेछ, गृह सुख मिल्नुका साथै मनोरञ्जनमा रुचि जाग्नेछ ।
मिथुन राशिः मित्र सुख रहनेछ, आय बढ्नुका साथै भौतिक वस्तुबाट लाभ रहनेछ ।
कर्कट राशिः मिष्ठान्न लाभ हुनेछ, कार्य उन्नतिका साथै सुखद् यात्राका योग देखिन्छन् ।
सिंह राशिः कार्यमा अवरोध रहनेछ, खर्च बढ्नुका साथै मनमा चपलता रहने देखिन्छ ।
कन्या राशिः जलीय पदार्थबाट लाभ रहनेछ, काम बन्नुका साथै यात्राका योग देखिन्छन् ।
तुला राशिः व्यवसामा वृद्धि हुनेछ, मित्र सुखका साथै सामाजिक कार्यमा मन जानेछ ।
वृश्चिक राशिः अध्ययनमा सफलता मिल्नेछ, कार्य लाभका साथै खेल क्षेत्रमा रुचि जाग्नछ ।
धनु राशिः स्वास्थ्यमा प्रतिकूलता रहनेछ, व्यय बढ्नुका साथै बोलीमा विकार रहने देखिन्छ ।
मकर राशिः प्रिय लाभ हुनेछ, कान्ति वृद्धिका साथै आर्थिक उन्नतिका योग देखिन्छन् ।
कुम्भ राशिः व्यापारमा वृद्धि हुनेछ, कार्य लाभका साथै मनमा प्रशन्नता रहने देखिन्छ ।
मीन राशिः आयमा वृद्धि हुनेछ, मित्र सुखका साथै दिन प्रेमिल रहने देखिन्छ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५