कः कालः कानि मित्राणि को देशः को व्ययागमौ ।
कस्याहं का च मे शक्तिः इति चिन्त्यं मुहुर्मुहुः ।। – चाणक्य
समय कस्तो छ ?, मित्र कस्ता छन् ?, देश कस्तो छ ? आय र व्यय कस्तो छ ? आफू को हूँ ? र आफ्नो शक्ति कति छ ? भन्ने कुराको नित्य चिन्ता गरिरह नुपर्छ ।
एउटा सफल व्यक्तिले आफ्नो धरातल कहिल्यै विर्सनु हुँदैन । विशेषगरी आफू के गर्दैछु ? कहाँ छु ? कस्तो अवस्थामा छु ?, आफ्नो आयव्यय र शक्ति कति छ सोको पहिचान नित्य गर्न सक्नु पर्छ । आफूले आफूलाई चिन्न नसक्ने व्यक्ति जीवनमा उन्नति गर्न सक्दैनन् । चाणक्यले पनि यही कुरा बताएका छन् । आफ्नो धरातल विर्सिने मान्छेले जीवनमा केही पनि गर्न सक्दैनन् त्यसैले आफ्नो धरातलीय अवस्थितिको नित्य ज्ञान गरेर अघिबढ्न सक्नुपर्दछ भन्ने नीति वचन मननीय छ । —नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद्—