मन्त्रिपरिषद् विस्तारः संस्कृति, पर्यटन नागरिक उड्डयन मन्त्रीमा भट्टराईको शपथ


हरेकपल July 31, 2019

काठमाडौं, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद्को विस्तार गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा योगेश भट्टराईलाई नियुक्त गर्नुभएको छ ।

नवनियुक्त पर्यटन मन्त्रिलाई बुधबार राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट«पति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भयो । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनः, प्रधानमन्त्री ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।

साथै संवैधानिक निकायमा प्रमुख, मन्त्रीगण, सुरक्षा निकायका प्रमुख, नेकपाका महासचिव विष्णु पौडेल, नेकपा सचिवालय सदस्य वामदेव गौतम, सांसद तथा नेकपाका नेता तथा कार्यकर्ताको कार्यक्रममा सहभागी हुनुुहुुन्थ्यो । ताप्लेजुुङ जिल्लाबाट प्रतिनिधिसभाका नवनियुक्त भट्टराई निर्वाचित हुनुुहुुन्थ्यो ।

 

तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको गत फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा निधन भए पछि उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैंले सम्हाल्दै आउनुभएको थियो ।

नवनियुक्त मन्त्री भट्टराईले आफू रवीन्द्र अधिकारीको उत्तराधिकारीको रुपमा आएको बताउनु भएको छ । पदभार ग्रहण गर्दै मन्त्री भट्टराईले परिस्थितिले आफू अधिकारीको कुर्चीमा बस्न आइपुगेको भन्दै सबै अग्रजसँग राय सल्लाह लिएर अगाडि बढ्ने बताउनु भयो ।