अन्जु पन्तको गीतमा जेबिका कार्कीको बेजोड प्रस्तुती


हरेकपल July 31, 2019

काठमाडौं । नेपाली सुगम संगीतका युवा गायक तथा संगीतकार मुरारी गुरागाईले यस पटक आफ्नै संगीतमा ‘पानी भर्ने’ बोलको गजल लिएर बजारमा आएका छन् । उनको आफ्नै आधिकारीक युटुब च्यानलमार्फत बुधबार सार्वजनिक भएको उक्त गजलमा अन्जु पन्तको स्वर छ ।

गजलकार शिशिर भट्टराईले ग्रामीण बिम्बहरुलाई सरल ढंगले गजल शब्दमा उतारेका छन् । गम्भीर विष्टले निर्देशन गरेको उक्त भिडियोमा गम्भीर र जेबिका कार्की फिचर्ड छन् । प्रकाश मिश्रको रेकर्डिङ तथा मिक्सिङ, फडिन्द्र राईको एरेन्ज रहेको गीतको भिडियोमा नविन निरौलाको सम्पादन छ ।