धनकुटामा शान्ति सुरक्षा र सामाजिक कार्यमा सशस्त्र प्रहरी


हरेकपल August 1, 2019

-विजय राई-

धनकुटा । शान्ति सुरक्षा र लगायत सामाजिक कार्यमा धनकुटमा सशस्त्र प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गरेको  छ । धनकुटा जिल्लामा शान्ति सुरक्षा कायम गर्न कार्य लगायत धनकुटा जिल्लामा विपत व्यवस्थापन,दैविद प्रकोप उद्धार,राहत वितरण, लागुऔषध नियन्त्रण र जनचेता अवृद्धी गर्न कार्यमा समेत सशस्त्र प्रहरी बल ६ नम्वर छिन्ताङ्ग देवी गुल्म धनकुटा सक्रिय भएका कारण उल्लेखनीय सफलता हासिल गरेको छ ।

सशस्त्र प्रहरी बल ६ नम्वर छिन्ताङ्ग देवी गुल्म धनकुटाका गुल्मपती डि एस पी बालकृष्ण श्रेष्ठको नेतृतवमा धनकुटामा एक बर्षमा १३ वटा आगलागी नियन्त्रण,२८ वटा एल आर पी फोर्ष मार्च, २ वटा रक्तदान कार्यक्रम लागुऔषध लगायत विभिन्न किसिमका ६ वटा भन्दा बढी जनचेता मुलुक कार्यक्रमहरु संचालन गरेको गाजा बरामद तथा १० वटा स्थानमा गाजा खेती फडानी गरेको छ । यसैगरी १८ वटा सडक दुर्घट्नामा उद्धार,विभिन्न स्थानमा भएको बाढी तथा पहिरो पिडितहरुको उद्धार तथा पहिरो नियन्त्रण कार्यमा सक्रिय भएको र ४ वटा शवको उद्धार गरेको जनाएको छ ।

धनकुटाको मुलघाट स्थित तमोर नदी किनारमा सशस्त्र विपत उद्धार सुरक्षा पोष्ट स्थापना गरी मुलघाटमा विपतमा परेका र तमोर नदीले बगाएकाहरुको उद्धार गर्दै आईरहेको छ ।धनकुटा गुल्म परिषदमा खानेपानीको चर्को समस्या समाधान गर्न २० हजार लिटरको ठूलो खानोपानी ट्याङ्ककीको निर्माण र भवनको अभावमा खुल्ला मैदानमा नै तालिम संचालन गर्दै आईरहेकोमा मल्टीपल भवन निर्माण समेत भरखर निर्माण सम्पन्न गरेको छ ।

धनकुटा जिल्लाको टुडिखेल तथा विश्रान्ती मन्दिर मुलघाटको सरसफाई, अन्य धनकुटा बजारका भिविन्न मठ मन्दिर,तथा पार्क,चौक हाटबजारको सफसफाई तथा समयम समयमा धनकुटा बजारको समेत सरसफाई गर्ने र धनकुटामा बृक्षारोपण समेत गर्दै धनकुटाको वातावरणको संरक्षणमा समेत सशस्त्र प्रहरी बल ६ नम्वर छिन्ताङ्ग देवी गुल्म धनकुटाको महत्वपूर्ण योगदान रहेको छ । सशस्त्र प्रहरी बलले धनकुटाका विभिन्न सामाजिक संघ सस्था तथा निकायहरुसंग पनि समन्वय गरी विभिन्न किसिमका सामाजिक कार्यहरु र जनचेतना मुलुक अभियानहरु समेत व्यापक रुपमा संचालन गरिरहेकोले पनि सशस्त्र प्रहरी बल सवैको साथीको रुपमा धनकुटामा स्थापित भएको छ । अहिले शान्ति सुरक्षा र सामाजिक कार्यमा सशस्त्र प्रहरी बल धनकुटामा अप्बल देखिएको छ ।

केही बर्ष अघि सशस्त्र प्रहरी बलको धनकुटामा गुल्म स्थापना हुदा धनकुटाबासी त्रसित भएकोमा सशस्त्र प्रहरी बलको अहिलको भूमिका र सहकार्यले सशस्त्र प्रहरी बल अहिले धनकुटाबासीको लागी प्रशंसा योग्य भएको छ ।