श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल श्रावण महिनाको १७ गते शुक्रवार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत श्रावण शुक्लपक्षको प्रतिपदा तिथि विहान ६।२७ बजेसम्म रहनेछ । यो महिनाका देवता श्रीधर र मासदेवी कान्तिमती हुन् । सूर्य कर्कट राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । अश्लेषा नक्षत्र बिहान ११।५९ बजेसम्म रहनेछ । आज व्यतिपात योग र बालव करण रहेको छ । यसैगरी आज सूर्योदय ५।२८ मा छ भने सूर्यास्त बेलुका ६।५१ बजे हुनेछ ।
चन्द्रमा आज कर्कट राशिमा छन् । आजबाट श्रावण शुक्लपक्षको आरम्भ भएको छ । शुक्लपक्षमा चन्द्रमाको उज्यालोभाग क्रमशः बढ्दै जान्छ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५