ओम समाज डेन्टल हस्पिटल र लुम्बिनी विकास बैंक बीच सम्झौता


हरेकपल August 1, 2019

काठमाडौं, १६ साउन । काठमाण्डौमा बुधबार सम्पन्न भएको बैठकमा ओम समाज डेन्टल हस्पिटल र लुम्बिनी विकास बैंक बीच दन्त रोगको उपचारमा छुट सम्वन्धी सम्झौता भएको छ । सम्झौतामा लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा र ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा. सुभाष घिमिरेले हस्ताक्षर गर्नु भएको छ । उक्त सम्झौता बमोजिम लुम्बिनी विकास बैंकका कर्मचारी, कार्ड वाहक तथा ग्राहकलाई ओम समाज डेन्टल हस्पिटलमा दन्त रोगको उपचारमा विशेष छुटको व्यबस्था गरिएको छ ।

यसै कार्यक्रममा वरिष्ठ दन्तरोग विशेषज्ञ डा। सुभाष घिमिरे ले माछापुच्छ्रे बैंक लिमिटेड का प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा ,बैंकका बरिस्ठ व्यक्तित्व पबन ढकाल, दीपक खनाल ,तिलक पाण्डे लाई माया को चिनो दिदै दन्त स्वास्थ हाम्रो लागी अभिन्न अंग हो जस्को दात सबल उस्को जिबन सफल भन्नु भयो ।उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा ले ओम समाज डेन्टल हस्पिटलसँग सहकार्य गर्नु पाउँदा खुसी प्रकट गर्दै हस्पिटल परिवारलाई हार्दिक आभार प्रकट गर्नुभयो । उक्त कार्यक्रम मा ओम समाज डेन्टल हस्पिटल प्रसासन प्रमुख अजय रेग्मी को पनि उपस्तिती रहेको थियो ।

बिगत लामो समय देखि संचालन मा रहेको संस्था हो,र हामि ले आफ्नो सामाजिक उत्तरदाइत्व अन्तर्गत निसुल्क दन्त सिबिर तथा स्वास्थ मुलक कार्यक्रम गर्दै आइरहेको छ यसै अन्तर्गत हरेक नेपालि लाई सहज र सुलब उपचार पुराउने उदेश्य का साथ् बिगत केहि दिन आगाडी मुक्तिनाथ विकास बैंक , माछापुच्छ्रे बैंक,बिराज समाज लगायतका थुप्रै सामाजिक संघ संस्था हरु संग सहकार्य भई सकेको छ र अब आगामी दिन हरु मा पनि सहकार्य,सहमति लाई निरन्तरता दिने हस्पिटल प्रसासन प्रमुख अजय रेग्मी ले जानकारी दिनुभयो ।