लागुऔषधसहित दुई पक्राउ


हरेकपल August 2, 2019

arrestमुग्लिन, १७ साउन  । चितवनमा प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–८ बस्ने १९ वर्षीय सनम प्याकुरेल क्षेत्री र गोरखाको सुलिकोट गाउँपालिका–८ बस्ने २४ वर्षीय गणेश गुरुङलाई फेनेरागन ६ एम्पुल, डाइजापाम ६, बुप्रिनुफिन ६ एम्पुल, नाइट्राजेपाम ट्याब्लेट ९नाइट्राभेट० १० लेखेको लागुऔषध डाइजेपामसहित भरतपुर महानगरपालिका–९ स्थित परमानन्दचोकबाट पक्राउ गरिएको हो ।

चितवन प्रहरीले उनीहरुलाई मोटरसाइकल गस्तीमा रहेका बेला शङ्कास्पद लागेपछि खोजतलास गर्दा उक्त लागुऔषधसहित बुधबार पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो । पक्राउ परेका दुवैलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ को दफा ४९च० बमोजिम लागुऔषध मुद्दामा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो । (रासस)