अध्यक्षले कुर्सि हान्न लाग्दा कार्यपालिका बैठकमा पदाधिकारी भागाभाग


हरेकपल August 2, 2019

-वद्री नयाँघरे-

रामेछाप । लिखु तामाकोशी गाउँपालिकाको पालिका वैठकमा सदस्यहरु भागभाग भएका छन् । वैठकको बिचमा कार्यपालिकाका सदस्यहरुले सोही गाउँपालिकाको वडा नं १ दुरागाउँमा विद्युतीकरणको लागि वजेट विनियोजन गर्ने वारेमा अध्यक्षको प्रस्ताव अस्विकार गर्ने कुरा उठेपछि पालिका अध्यक्ष गोविन्द वहादुर खड्काले कुर्चि उठाएर प्रहार गर्न लाग्दा सदस्यहरु बिच भागाभाग भएको हो ।

करिव ३ वजेको समयमा वैठक चलिरहेको वेला दुरागाउँका लागि चालु आर्थिक वर्षमा वजेट छुट्याउनु पर्ने प्रस्ताव अध्यक्ष खड्काले गरेका थिए । तर उक्त प्रस्तावलाई वडा नं ७ तिल्पुङका वडा अध्यक्ष शुवाष वोहोराले प्रस्ताव पारित गरे नियम विपरित हुने भन्दै असहमती जनाएका थिए । सो असहमतीलाई समर्थन गर्दै प्रशासकिय अधिकृत भुपेन्द्र राइले नियम भन्दा वाहिर गएर निर्णय गर्न नमिल्ने वताए ।

आफुले राखेको प्रस्ताव नियम विपरित भएको भनाईबाट आक्रोसित भएका अध्यक्ष गोविन्द वहादुर खडकाले रेशलरको शैलिमा नजिकै रहेको कुर्ची उठाएर हान्न लाग्दा वैठकमा सदस्यहरु बिच भागाभाग भएको वडा अध्यक्ष श्ुवाष वोहोराले वताए । उनले भने– हामीले निती र विधि भित्र रहेर काम गर्नु पर्छ भनेर पटक पटक भन्दै आएको थियौ र यसपटक पनि त्यही कुरालाई दोहोर्याउँ तर अध्यक्षले त्यसको समाधानको उपाय खोज्नु पर्नेमा उल्टै वैठकमा कुर्चि उठाएर हान्ने अवस्था आएपछि हामीले वैठक नै छाडेर हिडेका हिडेन वाध्य भयौ । गरेर हिड्यौ ।

भागाभाग पछि वैठक छोडेर असहमत राख्ने उपाध्यक्ष दिपशिखा दाहाल, प्रशासकिय अधिकृत भुपेन्द्र राई लगाएतको पिडीत पक्ष सदरमुकाम आइपुगेको छ । श्रोतका अनुसार उक्त टोलिले जिल्लामा प्रमुख जिल्ला अधिकारी र माउँ पार्टी नेकपाका नेताहरुसँग वसेर निकास निकाल्ने निष्र्कष सहित सदरमुकाम आएका हुन । त्यसपछि उनीहरुले जिल्लामा पत्रकार सम्मेलनको आयोजना गरि घटनाको बारेमा जानकारी गराउने योजना समेत वनाएको बुझिएको छ ।

यसवारेमा मुख्य दोषीका रुपमा दर्ज भएका ७ नं वडा अध्यक्ष शुवाष वोहोराले अध्यक्षको पटकपटकको अत्याचार र यसपटकको महाअत्याचारले सिमा नाघेपछि आफुहरु बैठक छाडेर हिड्न वाध्य भएको बताए ।

घटनाको सम्वन्धमा पालिकाका अध्यक्ष गोविन्दवहादुर खड्कासँग सम्र्पक गर्दा उनले उपाध्यक्ष दिपशिखा दाहाल, प्रमुख प्रशासकि अधिकृत भुपेन्द्र राई र कार्यपालिका सदस्य शुबाष वोहोरा लगाएतको टोलि नियोजित ढंङले जनताको विकास विरोधी काममा लागेको वताए । उनले भने– दुरागाउँमा विद्युतीकरण गर्ने बारेमा अनुगमन समितिको प्रस्तावलाई पारित गर्नका लागि प्रस्ताव आएको थियो तर मैले जिल्ला स्थित प्रशासन र विज्ञ सहितको टोलिलाई राखेर सोही टोलिको सिफारिसको आधारमा वजेट विनियोजन गर्ने भनेको थिए तर केही विकास विरोधी र जनविरोधी साथीहरुले सो प्रस्तावको ठाडै अस्विकार गरे र वैठकमा होहल्ला भएको हो मैले कसैलाई पनि कुर्ची उठाएको छैन् । प्रमुख प्रशासकि अधिकृतको सवालमा उनले यस अघि पनि पटकपटक चेक नकाटने लगाएत अन्य विषयमा पनि अटेर गर्दै आफुले सरुवा भएर जान चाहेको वताएका थिए । यसैको परिणाम आज उनीहरुको मोर्चा वन्दी भएको उनको भनाई छ ।