विप्लवद्धारा एनसेल टावरमा आगजनीको प्रयास


हरेकपल August 2, 2019

रामेछाप । प्रतिबन्दीत विप्लव समुहका कार्यकर्ताहरुले विहिवार दिउँसो जिल्लाको दोरम्वा गाउँपालिका वडा नं १ डाँडाकटेरीको एनसेल टावरमा आक्रमणको प्रयास गरेका छन् । करिव ११ वजेको समयमा उक्त टावरलाई लक्षित गरि दुईतिन जनाको संख्यामा आएका माओवादीका कार्यकर्ताहरुले टावर छेकेको तारजाली भित्र प्रवेश गरी आक्रमणको प्रयास गरेका थिए । सो क्रममा उनीहरुले जुटको वोरामा लगेको बम बिष्फोट गराएका थिए । बिस्फोटवाट टावर वरिपरीको तारमा मात्र क्षती पुगेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्त शेख अदालतले जानकारी दिए । उनका अनुसार बिष्फोटनको कुरा प्रहरीले गस्ती गर्दैै जाने क्रममा उही पुगेपछि मात्र थाहा पाएको थियो ।

सो घटनाको सुचना पाउँनासाथ प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा वसेको जिल्ला सुरक्षा समितिको वैठकले जिल्लामा रहेका सवै एनसेलका टावरहरुमा सुरक्षाका लागि शसस्त्र प्रहरी खटाउने निर्याय गर्नुको साथै सबै टावरहरुमा शसस्त्र प्रहरीको टोली पुगीसकेको जानकारी प्रमुख जिल्ला अधिकारी लिलाकुमारी पाण्डेले जानकारी दिइन ।