-विजय राई-
धनकुटा १७ साउन । धनकुटामा उत्कृष्ठ कार्य गर्नु भएका सशस्त्र प्रहरी बल ६ नम्वर छिन्ताङ्क गुल्म धनकुटाका गुल्मपती डि एस पी बालकृष्ण श्रेष्ठलाई आज विभिन्न संघ संस्थाहरुले सम्मान गर्दै बिदाई गरेका छन । संविधान सभाका सदस्य तथा नेपाली कांग्रेस धनकुटका पूर्व सभापति मनोहर नारायण श्रेष्ठले धनकुटामा एक बर्षको अवधिमा शान्ति सुरक्षा लगायत समाजिक कार्यमा महत्वपूर्ण योगदान दिएको भन्दै सशस्त्र प्रहरी बल ६ नम्वर छिन्ताङ्क गुल्म धनकुटाका गुल्मपती डिएसपी बालकृष्ण श्रेष्ठलाई सम्मान गर्दै बिधाई गर्नुभएको छ । भर्खर सरुवा भै धनकुटा जिल्ला प्रहरी कार्यालयमा आउनु भएको सुर्दशन प्रसाद कोईराला र सशस्त्र प्रहरी बल ६ नम्वर छिन्ताङ्क गुल्म धनकुटामा सरुवा भएर आउनुभएका गुल्मपती डि एस पी सचिन कर्माचार्यलाई स्वागत गर्नुभएको थियो ।
सो अवसरमा धनकुटाका प्रमुख जिल्ला अधिकारी सिताराम कार्की,प्रशासकिय अधिकृत सुधिर साफी,नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई ,कोषाध्यक्ष दिनेश राई,सल्ल नेपालका कार्यकारी निर्देशक राजेन्द्र वहादुर प्रधान,नेपाली कांग्रेस धनकुटाका पूर्व कोषाध्यक्ष विकास प्रधान लगायतले समेत सरुवा भै जान लाग्नु भएका डि एसपी श्रेष्ठलाई विदाई र सरुवा भएर धनकुटा आउनु भएका जिल्ला प्रहरी कार्यालयका एस पी सुर्दशन प्रसाद कोईराला र सशस्त्र प्रहरी बल ६ नम्वर छिन्ताङ्क गुल्म धनकुटाका गुल्मपती डि एस पी सचिन कर्माचार्यलाई स्वागत गर्नु भएको थियो ।
यसैगरी कर्मचारी मिलन केन्द्र धनकुटा पनि स्वागत र विधाई कार्यक्रम गरेको छ सो अवसरमा प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले बिदाई भएर जान लाग्नु भएको डि एस पी श्रेष्ठलाई प्रमाण पत्र तथा उपहार प्रदान गर्नु भएको थियो भने स्वागत भएर आउनु भएका एस पी कोईराला र डि एस पी कर्माचार्यलाई स्वागत गर्नु भएको थियो ।
शान्ति सुरक्षा,सामाजिक कार्यहरु विपद व्यवस्थापन लगायत धनकुटामा रहदा उल्लेखनीय कार्य गरेकोमा सशस्त्र प्रहरी बल ६ नम्वर छिन्ताङ्क गुल्म धनकुटाका गुल्मपती डि एस पी बाल कृष्ण श्रेष्ठलाई महिला पुर्नस्थापना केन्द्र धनकुटा,लेडी जेसिज धनकुटा,धनकुटा मिसन मुस्कान पर्यटन प्रवद्धन केन्द्र धनकुटा , धनकुटा पर्यटन विकास समिति,नमस्ेत नेपाल धनकुटा ,धनकुटा यूवा समुह,घरेलु तथा साना उद्योग महासंघ धनकुटा र धनकुटा बजार बासी लगायत विभिन्न संघ संस्थाहरुले समेत सम्मान पत्र प्रदान गरी दोसल्ला ओढाएर सम्मान गरी बिदाई गरेको छ । गुल्मपती डिएसपी श्रेष्ठको धनकुटाबाट सुनसरी सरुवा भएको हो ।