श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल श्रावण महिनाको १८ गते शनिवार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत श्रावण शुक्लपक्षको तृतीया तिथि राति १।४४ बजेसम्म रहनेछ । यो महिनाका देवता श्रीधर र मासदेवी कान्तिमती हुन् । सूर्य कर्कट राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । मघा नक्षत्र बिहान १०।२१ बजेसम्म रहनेछ । आज वरियन योग र तैतिल करण रहेको छ । यसैगरी आज सूर्योदय ५।२८ मा छ भने सूर्यास्त बेलुका ६।५० बजे हुनेछ ।
चन्द्रमा आज सिंह राशिमा छन् । आज वराहजयन्ती वराह अवतार भगवान्को उपासना शुभ रहनेछ । यसैगरी आज शनिबार पिपलमा जल अर्पण एवं पूजन शुभ रहनेछ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५