आजको राशिफल २०७६ श्रावण १८ गते, शनिबार


हरेकपल August 3, 2019

मेष राशिः व्यवसायमा वृद्धि हुनेछ, कार्य लाभका साथै मनमा प्रशन्नता रहने देखिन्छ ।

वृष राशिः आर्थिक अस्थिता रहनेछ, मित्र भयका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।

मिथुन राशिः व्यवसायमा वृद्धि हुनेछ, कार्य उन्नतिका साथै सुखद् यात्राका योग देखिन्छन् ।

कर्कट राशिः आर्थिक लाभ हुनेछ, गृह सुख मिल्नुका साथै मनमा प्रशन्नता रहने देखिन्छ ।

सिंह राशिः मिष्ठान्न लाभ हुनेछ, व्यवसायमा वृद्धिका साथै दिन सुखद् रहनेछ ।

कन्या राशिः कार्यमा अवरोध रहनेछ, खर्च बढ्नुका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहने देखिन्छ ।

तुला राशिः मित्र सुख रहनेछ, कार्य उन्नतिका साथै जलीय पदार्थ लाभदायी रहनेछन् ।

वृश्चिक राशिः प्रिय लाभ हुनेछ, गृह सुखका साथै मनमा प्रसन्नता रहने देखिन्छ ।

धनु राशिः पराक्रम बढ्नेछ, कार्य लाभका साथै पारिवारिक सुख मिल्नेछ ।

मकर राशिः शत्रु पक्ष सबल रहनेछन्, कार्य अवरोधका साथै मनमा अस्थिरता रहने देखिन्छ ।

कुम्भ राशिः द्रव्य लाभ, आर्थिक उन्नतिका साथै अध्ययनमा रुचि जाग्नेछ ।

मीन राशिः प्रिय लाभ हुनेछ, कार्य उन्नतिका साथै मित्र सुख रहने देखिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५