श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल श्रावण महिनाको १९ गते आइतवार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत श्रावण शुक्लपक्षको चतुर्थी तिथि राति ११।१७ बजेसम्म रहनेछ । यो महिनाका देवता श्रीधर र मासदेवी कान्तिमती हुन् । सूर्य कर्कट राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । पूर्वाफाल्गुनी नक्षत्र बिहान ८।४० बजेसम्म रहनेछ । आज परिघ योग र वणिज करण रहेको छ । यसैगरी आज सूर्योदय ५।२९ मा छ भने सूर्यास्त बेलुका ६।४९ बजे हुनेछ ।
चन्द्रमा आज सिंह राशिमा छन् । आज आइतबार सूर्यभगवान्को उपासनासँगै राता वस्तुको प्रयोग शुभ रहनेछ । यसैगरी आज सूर्यलाई अर्घ प्रदान गर्नाले सूर्यजन्य दोष निवारण हुनेछन् ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५