साप्ताहिक राशिफल २०७६ श्रावण १९–२५ गतेसम्म


हरेकपल August 4, 2019

मेष राशिः मेष राशिका लागि यो साता उत्तम फलदायी रहनेछ । सोचेका काम पूरा हुनेछन् । मित्र सहयोेग मिल्नुका साथै यात्राको योग पनि देखिन्छ । अध्ययनको क्षेत्र सबल छ । भूमिबाट विशेष लाभ हुनेछ । आमदानीका स्रोत बढ्नेछन् । व्यापार व्यवसायबाट पनि लाभ नै देखिन्छ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।

वृष राशिः वृष राशिका लागि साता मध्यम फलदायी रहनेछ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । सामाजिक कार्यमा पनि रुचि जाग्नेछ । भौतिक वस्तु लाभदायी रहनेछन् । मित्र सहयोग मिल्ने देखिन्छ । पारिवारिक साथ सहयोग प्राप्त हुनुका साथै नयाँ कार्यका अवसर पनि मिल्ने छन् । अध्ययनमा रुचि जाग्नेछ । सोमबारसम्म कार्यम कठिनाइका साथै स्वास्थ्यमा प्नि प्रतिकूलता रहने देखिन्छ ।

मिथुन राशिः मिथुन राशिका लागि साता विशेष फलदायी रहनेछ । कार्य लाभको योग देखिन्छ । व्यापार वृद्धिका साथै धन लाभ हुनेछ । सामाजिक कार्यमा रुचि जाग्नेछ । अध्ययनको क्षेत्र फलदायी रहनेछ । यात्राका योग देखिन्छन् । पारिवारिक साथ सहयोग मिल्नेछ । प्रेम जीवन सुखद् रहनेछ । धार्मिक कार्यमा मन जानेछ । मंगल र बुधबार कार्यमा अवरोधका साथै खर्चमा वृद्धि हुनसक्ने देखिन्छ ।

कर्कट राशिः कर्कट राशिका लागि यो साता लाभदायी रहनेछ । सोचेका काम बन्नेछन् । मित्रजनको साथ सहयोगले उल्लेख्य कार्य सम्पन्न हुने देखिन्छ । अध्ययनमा रुचि जाग्नुका साथै सामाजिक मान प्रतिष्ठा मिल्नेछ । अध्ययनको क्षेत्र सबल देखिन्छ । पारिवारिक साथ सहयोग मिल्नुका साथै आर्थिक उन्नति हुनेछ । बिहीबारबाट भने स्वास्थ्यममा प्रतिकूलताका साथै खर्चमा पनि वृद्धि हुनसक्ने देखिन्छ ।

सिंह राशिः सिंह राशिका लागि यो साता उत्तम फलदायी रहनेछ । स्वास्थ्यको क्षेत्र सवल रहनेछ । धार्मिक कार्यमा रुचि जाग्नेछ । सोचेका काम पूरा हुने छन् । भूधनबाट विशेष लाभ देखिन्छ । मित्र प्राप्तिका साथै यात्राको योग पनि देखिन्छ । पारिवारिक साथ सहयोग मिल्नुका साथै कार्यमा पनि सफलता मिल्ने देखिन्छ । व्यापार व्यवसायबाट विशेष लाभ हुनेछ । शेयर कारोबारमा वृद्धि हुनेछ । प्रेममा सफलता मिल्नेछ । सुखद् यात्राका योग पनि देखिन्छन् ।

कन्या राशिः कन्या राशिका लागि यो साता मध्यम फलदायी रहनेछ । सोमबारसम्म कार्यमा अवरोधका साथै खर्चमा पनि वृद्धि हुने देखिन्छ । शत्रु पक्ष सबल रहनेछन् । मंगलबारबाट भने दिन सुखद् बन्दै जानेछन् । को क्षेत्रमा वृद्धि हुनेछ । व्यापार व्यवसायबाट पनि लाभ देखिन्छ । विद्या अर्थकरी रहनेछ । मित्रजनको साथ सहयोग मिल्ने छ । भौतिक वस्तुबाट लाभ रहनेछ । प्रेम जीवन सुखद् देखिन्छ । यात्राका अवसर पनि मिल्नेछन् ।

तुला राशिः तुला राशिकाक लागि साता फलदायी रहनेछ । कार्यमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । सामाजिक कार्यमा मन जमानेछ । मित्र सहयोग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् । जलीय पदार्थ लाभदायी रहनेछन् । बौद्धिक कार्यमा मन जानेछ । मंगल र बुधबार भने शारीरिक आलश्यताका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहने देखिन्छ । शिवजीको उपासना यो साता लाभदायी रहने देखिन्छ ।

वृश्चिक राशिः वृश्चिक राशिका लागि यो साता फलदायी रहनेछ । सोचेका कार्य पूरा हुनुका साथै मित्र सहयोग प्राप्त हुने देखिन्छ । पराक्रम बढ्नेछ । भौतिक वस्तुबाट विशेष लाभ हुने देखिन्छ । व्यवसायमा उन्नतिका साथै मनमा उत्साह छाउनेछ । विद्याको क्षेत्रमा उल्लेख्य प्रगति हुनेछ । आर्थिक क्षेत्र सबल रहने देखिन्छ । बिहीबारबाट स्वास्थ्यमा प्रतिकूलताका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।

धनु राशिः धनु राशिका लागि साता फलदायी रहनेछ । पराक्रम बढ्नेछ । आर्थिक उन्नतिका योग देखिन्छन् । व्यवसायमा वृद्धि हुनेछ । सामाजिक कार्यमा मन जानेछ । अध्ययनको क्षेत्र सफल रहनेछ । बोलीको प्रभाव विशेष रहनेछ । कार्य क्षेत्रमा प्रगति हुनेछ । बौद्धि कार्यमा लगाव बढ्नुका साथै सफलता पनि मिल्नेछ । नयाँ व्यक्तिसँगको परिचयले साता उत्साहवर्धक रहने देखिन्छ ।

मकर राशिः मकर राशिका लागि साता फलदायी रहनेछ । सोमबारसम्म कार्य अवरोधका साथै खर्चमा वृद्धि हुने देखिन्छ । मंगलबारबाट कार्यमा सफलता मिल्नेछ । विद्या विशेष लाभदायी रहनेछ । मित्रजनको साथ सहयोग मिल्नुका साथै आमदानीका स्रोत पनि बढ्नेछन् । धार्मिक कार्यमा मन जानेछ । भौतिक वस्तु लाभदायी रहे पनि स्वास्थ्यमा भने प्रतिकूलता आउने देखिन्छ ।

कुम्भ राशिः कुम्भ राशिका लागि यो साता लाभदायी रहनेछ । आर्थिक उन्नतिका योग देखिन्छन् । पारिवारिक सुख मिल्नुका साथै धन लाभका अवसर पनि प्राप्त हुनेछन् । स्वास्थ्यको क्षेत्र सबल रहनेछ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै मान प्रतिष्ठा मिल्ने योग पनि देखिन्छ । आयमा वृद्धि हुनेछ । अध्ययनमा रुचि जाग्नुका साथै उल्लेख्य प्रगति हुनेछ । मंगल र बुधबार भने कार्यमा बाधा अवरोध रहन सक्ने देखिन्छ ।

मीन राशिः मीन राशिका लागि यो साता सफल रहनेछ । व्यवसायमा वृद्धि हुनेछ । मित्र सुख मिल्नुका साथै यात्राका अवसर पनि प्राप्त हुनेछन् । धन वृद्धिको योग देखिन्छ । व्यापारमा वृद्धि हुनेछ । अध्ययनमा रुचि जाग्नुका साथै कार्यमा प्रगति हुने देखिन्छ । सामाजिक क्षेत्र विशेष लाभदायी रहनेछन् । कृषि कार्यमा मन जानेछ । बिहीबारबाट कार्यमा अवरोधका साथै खर्चमा पनि वृद्धि हुने देखिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५