न मुक्ताभि र्न माणिक्यैः न वस्त्रै र्न परिच्छदैः ।
अलङ्क्रियेत शीलेन केवलेन हि मानवः ।। –संस्कृत सुभाषितम्
मोती, माणिक्य सहित सुन्दर बस्त्रधारणले होइन शीलले नै मान्छेको शोभ बढाउछ । शीलरूपी गहनाले नै तपाईलाई सुन्दर देखाउँछ ।
‘शीलसर्वत्र वै धनम्’ पनि भनिएको छ । अर्थात् मान्छेको सबैभन्दा ठूलो धन नै शील हो । शील भनेको असली स्वभाव हो । यसैले तपाईलाई सुन्दर बनाउँछ । चरित्रहीन मान्छे जतिसुकै राम्रो भए पनि त्यसको कुनै अर्थ रहँदैन । धनले सम्पन्न हुँदैमा अनि राम्रा राम्रा लुगा लगाउँदैमा असल मान्छेको पहिचान हुन सक्दैन । असल मान्छे हुन शीलवान् हुनुपर्छ । शीलवान हुनु भनेको सत्य बोल्नु, अरुको निन्दा नगर्नु, आफूजस्तौ अरुलाई पनि व्यवहार गर्नु हो । बोली, वचन र व्यवहारमा सभ्यताको प्रदर्शन गर्ने व्यक्ति नै शीलवान हो । अतः शील नै मान्छेको सबैभन्दा ठूलो धन र सुन्दर गहना पनि हो । शीलरूपी गहना नै तपाईलाई भव्य सुहाउँछ भन्ने नीति वचन मननीय छ । – नारायणप्रसाद निरौला, ज्योतिषाचार्य –