सहिद रामकृष्ण श्रेष्ठ देशकै गहना र गौरम


हरेकपल August 2, 2019

विजय राई

धनकुटा १७ साउन । सहिदर रामकृष्ण श्रेष्ठ धनकुटाको मात्र नभएर देशकैगहना र गौरव भएको आज धनकुटामा सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानद्वारा आयोजि सहिद रामकृष्ण श्रेष्ठ परिचयविषयक वृहतकार्यक्रमा सरोकारवाला निकायका प्रतिनिधिहरूले वताउनु भएको छ ।

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्गले कार्यक्रमको उद्घाटन गर्दै धनकुटा नगरपालिका सहिद रामकृष्ण श्रेष्ठ धनकुटा नगपालिकाका भए तापनि उहाँ राष्टकै गहनाभएकोले उच्च सम्मानगर्दै साहिसिक सहिद रामकृष्ण श्रेष्ठको सालिक निर्माण तथा पार्क निर्माण लगायत विभिन्न कार्यक्रम गर्नका लागि नगरपालिकाले सहयोग गर्ने वताउनु भयो ।

धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले सहिदहरुले देखाएको बाटो हिडेमात्र सहिदको सम्मानहुने वताउनु भयो ।
सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाका अध्यक्ष ईश्वर अकेलाको अध्यक्षतामा सम्पन्नभएको कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार तथा नेपालीकांग्रेस धनकुटाका सचिवविजय सन्तोषी राईले साहसिक योद्धा रामकृष्ण श्रेष्ठले प्रजातन्त्रका लागि तत्कालिन राजाविरेन्द्र र उनका परिवार विराटनगर सवारी हुँदा बम प्रहार गर्दा बम विस्फोटन भै मारिनु भएको उल्लेख गर्दै सहिद रामकृष्ण श्रेष्ठको योगदानको वारेमा जिवनी प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा पूर्व सांसद गोपाल गुरागाई, नेपालपत्रकार महासंघ धनकुटका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, धनकुटा वहुमुखी क्याम्पसका प्रध्यापक विश्वप्रकाश श्रेष्ठ, सहिद रामकृष्ण श्रेष्ठका कान्छा भाई तथा प्रतिष्ठानका संरक्षक बैकुण्ठ कृष्ण श्रेष्ठ, नागरिक समाज धनकुटाका अध्यक्ष दोर्ण गुरागाई लगायतले रामकृष्ण श्रेष्ठको उच्च सम्मान गर्न अव हरेक तहको सरकारले र विशेष गरी स्थानीय सरकार धनकुटा नगरपालिकाले सहयोग गर्नुृ पर्नेमाजोड दिनु भयो ।
कार्यक्रममा स्वागत मन्तव्य सहिद रामकृष्ण श्रेष्ठ स्मृित प्रतिष्ठानका उपाध्यक्ष सत्यनारायण श्रेष्ठले व्यक्तगर्नु भएको थियो भने कार्यक्रमको संचालन सचिव कृष्ण भागवतश्रेष्ठले गर्नु भएको थियो ।