नख्खु कारागारमा झडप, एक जनाको मृत्यु


हरेकपल August 2, 2019

साउन १७, काठमाडौं। ललितपुरको नख्खु कारागार भित्र कैदी बन्दीहरूबीच भएको झडपमा परी एक जनाको मृत्यु भएको छ ।

आज दिउँसो भएको सो झडपमा जबर्जस्ती करणी मुद्दामा सजाय भोगी रहेका ४५ वर्षीया पूर्णबहादुर राजीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

निजलाई सोही कारागारमा कर्तव्य ज्यान मु्द्दामा सजाएँ भोगीरहेका ५० वर्षीय पूर्णबहादुर महतोले ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएका थिए ।

उनलाई तत्काल ट्रमा सेन्टरमा उपचारका लागि लगिएको र अस्पताल पु¥याए लगत्तै उनको मृत्यु भएको थियो ।