अध्यक्षको अनियमितता विरुद्ध सदस्यहरुको पत्रकार सम्मेलन


हरेकपल August 4, 2019

-वद्री नयाँघरे-

रामेछाप । रामेछापको लिखु तामाकोशीगाउ कार्यपालिकाका बहुमत सदस्यहरुले पालिका अध्यक्ष गोविन्द वहादुर खड्काले अनियमितता गरेको भन्दै उनको ज्यादति बिरुद्धमा पत्रकार सम्मेलन गरेका छन  ।
बिहिबारको कार्यपालिकाको बैठकमा सो पालिकाको वडा नं १ दुरागाउमा भैरहेको बिद्युतिकरणमा बजेट बिनियोजनको बिषयलाई लिएर अध्यक्ष गोबिन्द बहादुर खड्काले गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत भुपेन्द्र राई र कार्यपाकिा सदस्यहरुलाई लक्षित गरी कुर्चि उचालेर प्रहार गर्ने प्रयास गरे पछि पालीकाको वैठकमा भाग दौड मच्चिएको थियो ।
निर्वाचन भए देखिनै अध्यक्षले मनपरी तरिकाले कामग गरेको भन्दै पालीकाका सदस्यहरुले उनको ज्यादति र अपारदर्शि ब्यवहार प्रति असहमति जनाउँदै आएका थिए । निर्बाचन भएको २६ महिना पुरा गरिसक्दा पनि अध्यक्ष को ब्यवहारमा परिबर्तन नआएपछि आफुहरु बाध्यभएर अध्यक्ष खड्काको बिरोधमा उत्रिनुपरेको शुक्रवार पत्रकार सम्मेलनमा वितरित बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

उपाध्यक्ष दिपशिखा दाहालको नेतृत्वमा शुक्रबार जिल्ला सदरमुकाम मन्थलीमा घटनाको सार्वजनिकीकरण गर्न आएका १० जना सदस्यहरुले सामुहिक रुपमा पत्रकार सम्मेलनको आयोजना गरि अध्यक्षको ज्यादति र अनियमितता विरुद्ध सार्वजनिक रुपमा मुख खोलेका हुन् । पत्रकार सम्मेलनमा कार्यपालीकाका सदस्य सुवास वोहोराले यस अघि सो वडाको लागि बिद्युतिकरण गर्न भनी रु २ करोड ५० लाख रकम बिनियोजन गरेको भएपनि हाल सम्म रु ५ करोड १० लाख भूक्तानी भैसकेको र उक्त रकम बिद्युतिकरणका लागि नपुग्ने भन्दै अध्यक्ष खड्काले पुनः ६ करोड १० लाख बिनियोजन गर्न प्रस्ताब गरे पछि विवादले नयाँ रुप लिएको थियो ।

कार्यपालिकाका अधिकांस सदस्य सहित प्रमुख प्रशासकिय अधिकृतले अध्यक्षको प्रस्तावलाई बिधि र प्रकृया नमिलाई उक्त रकम बिनियोजन गर्न नमिल्ने भन्दै नियमापत्ति जनाए सँगै कुर्चि उठाउने सम्मको बाताबरण बनेको कार्यपालिका सदस्य एबं वडा नं २ का अध्यक्ष पदम तमाङ ले बताए । बिद्युतिकरणका लागि उक्त वडामा अध्यक्ष खड्काले कागजी रुपमा ४ वटा उपभोक्ता समिति बनाई वडाअध्यक्ष र ति समितिका पदाधिकारीहरुलाई समेत वेवास्ता गर्दै आएका थिए । अध्यक्ष खड्काले गरेको काम को चौतर्फी आलोचना भएपछि त्यसको पारदर्शितामाथि प्रश्न उठेको थियो । सोहि आधारमा उपाध्यक्षको संयोजकत्वमा गठित स्थानीय अनुगमन समितिले काम को आधारमा बिद्युतिकरणमा खर्च भएको रकम बिधि र प्रकृया अनुसार मात्र बिनियोजन गर्न सकिने अन्यथा अध्यक्षको प्रस्ताब स्वीकार नहुने पालिकाका सदस्यहरुले बताएपछि तनाब उत्पन्न भएको थियो ।

बैठकमा उज्यालो लिखु का नाममा दुरागाउलाई लक्षित गरी बिद्युतिकरणमा भएको खर्चको बिल भर्पाइ लागत स्टमेट र सामानको मुल्य समेत थाहै नदिर्ई अध्यक्ष खडकाले पहिलो पटक २ करोड ५० लाख, दोस्रो पटक २ करोेड ६० लाख गरी कुल ५ करोड १० लाख भुक्तानी लगेका थिए । तेस्रोपटक पनि उक्त रकम बिद्युतिकरणका लागि अपुग हुने भन्दै भन्दै थप ६ करोड ९५ लाख रुपैया अनुमोदनको लागी प्रस्ताव गरेका थिए । उनले आफनो प्रस्ताव अस्वीकृत भए जे पनि हुन सक्ने भन्दै धम्कि मात्र दिएनन सदस्यहरुलाई कुर्सि लिएर जाईनै लागेका थिए ।पत्रकार सम्मेलनमा उनीहरुले आफुहरु अध्यक्षबाट प्रताडित मात्र नभएर पूर्ण रुपमा असुरक्षित समेत भएको भन्दै सुरक्षाका र सहयोगका लागि आम सञ्चार माध्यमहरु सँग समेत आग्रह गरेका थिए । उनीहरुले घटनाको बारेमा छानविन गरि सुरक्षाको ग्यारेन्टीका लागि जिल्ला प्रशासन कार्यालय रामेछापमा समेत लिखित रुपमा जानकारी गराएका छन ।

त्यसैगरी सो गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत भुपेन्द्र राइले पनि शुक्रवारनै प्रमुख जिल्ला अधिकारी समक्ष अध्यक्षको कानुन बिरोधि ब्यवहारले पालिकामा रहेर काम गर्न असहज अबस्था रहेको भन्दै सहज वातवरणका लागि आग्रह गरेका छन् । उनले अध्यक्षको धम्कि र दवाले आफु असुरक्षीत समेत रहेको भन्दै सो व्यहोराको लिखित निबेदन दिएका हुन् । उनले आफ्नो सुरक्षको पूर्ण रुपमा ग्यारेन्टी नभएसम्म पालिकामा गई काम गर्ने वातावरण समेत नरहेको वताएका छन् ।