कांग्रेसले तीन प्रदेशमा महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिदै


हरेकपल August 4, 2019

-हरेकपल संवाददाता-

काठमाडौं, १९ साउन । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले तीन प्रदेशमा महाधिवेशन प्रतिनिधिका लागि दुई दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

यही साउन ३१ र ३२ गते गण्डकी प्रदेशको पोखरामा, भदौ २ र ३ गते प्रदेश ५ को रुपन्देहीमा र भदौ ५ र ६ गते कर्णाली प्रदेशको सुर्खेतमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको हो । प्रतिष्ठानबाट प्राप्त जानकारीअनुसार प्रशिक्षणमा गण्डकीमा  करिव ३ सय ५० जना, प्रदेश ५ मा ४ सय ९० जना र कर्णालीमा २ सय २६ जना सहभागी हुने भएका छन् ।

कांग्रेसको सांगठनिक संरचना र विधानका मूल विशेषताहरु, कांग्रेसका महत्वपूर्ण प्रस्ताव र आर्थिक आधारहरु, वर्तमान सरकारको मूल्यांकन, जनतासंग संवाद र सम्पर्ककाबारेमा प्रशिक्षण दिइने बताइएकाे छ ।

प्रशिक्षणमा यातायात र आवासको व्यवस्था सहभागी आफैले गर्नुपर्ने र रजिष्टेसनकालागि एक हजार पाँच सय तोकिएको जनाइएकाे छ । बाँकी चार वटा प्रदेशकाे प्रशिक्षण कार्यक्रम अनुकूल समयमा आयाेजना गरिने जानकारी प्राप्त भएकाे छ ।