विप्लव समूहका प्युठान जिल्ला जनसरकार प्रमुखले गरे आत्मसमर्पण


हरेकपल August 4, 2019

गुल्मी, १९ साउन । विप्लव समूहका प्युठान जिल्ला जनसरकार प्रमुखले आत्मसमर्पण गरेका छन् । १ सय १ दिनदेखि हिरासतमा रहेका जनसरकार प्रमुख राजेन्द्रबहादुर राउत क्षेत्रीले जिल्ला प्रशासन कार्यालय गुल्मीमा आत्मसमर्पण गरेका हुन् ।

उनले प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, प्रहरी प्रमुख एसपी दीपककुमार बस्नेत, सशस्त्र प्रहरी प्रमुख बिनोदराज खनाललगायत सुरक्षा निकाय प्रमुख, नागरिक समाज, पत्रकारहरुको रोहवरमा आत्मसमर्पण गरेका हुन् ।

राउतले जिल्ला प्रशासन कार्यालय गुल्मीको एक कार्यक्रममा आइतबार विज्ञप्ति जारी गर्दै आफू पूर्वमाओवादी लडाकु रहेको तर हाल कुनै पनि दलमा आबद्ध नरहेको जनाएका छन् ।

३८ वर्षका राउत प्युठान जिल्ला माण्डबी गाउँपालिका २ मर्कावाङ रातापानीका स्थायी बासिन्दा हुन् । उनले २ वर्ष पहिले विप्लव समूहको प्युठान जिल्लाको जनसरकार प्रमुख भएको र हाल आपाङ्ग हुँदा काम गर्न नसक्ने जनाएका छन् ।