लोकतान्त्रिक गणतन्त्रको बिरुद्धमा निरकुसताका पुजारीहरु बकवास गर्न थाले: अध्यक्ष दाहाल


हरेकपल August 5, 2019

-वद्री नयाँघरे-

रामेछाप  । पुर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्प कमल दाहालले पछिल्लो समयमा निरंकुस वादी र दलाल नोकरशाहिहरु सिस्टम नै फेर्नुपर्छ भनेर लागिरहेको बताएका छन् । जनताको वलिदानी वाट प्राप्त लोकतान्त्रिक गणतन्त्र र संघियताको बिरुद्धमा केहि निरकुसताका पुजारी एबं दलालीहरुले बकवास गर्न थालेको आरोप लगाउँदै उनीहरुले आफनो जीत हुन लागेको अनुभुति गर्दे उनिहरुलाई अब हामी अगाडी आयौँ भन्ने लागेको भए पनि त्यो संभव नभएको वताएका छन् । उनले भने यस खालको वकवास गर्द हिड्नेलाई तीन करोड जनताले देखाइदिने समेत उनले चेतावनी दिए । सो कुरा उनले रामेछाप र सिन्धुली जिल्लाको सिमाना खैरीनिघाटमा नबनिर्मित पक्की पुलको आईतवार उद्घाटनका क्रममा वताएका हुन ।

सिन्धुली जिल्लाको ऐतिहासीक स्थल कुशेश्वर महादेव स्थान नजिकै रामेछाप र सिन्धुली जिल्लाको सिमाना खैरीनिघाटमा नबनिर्मित पक्की पुलको निर्माण कार्य ११ वर्ष अगाडी देखि सुरु भएको भए पनि ठेकेदारको लापरवाहिकाका कारण उक्त पुलले यस वर्ष मात्र पुर्णता पाएको हो । पुल करिब नौ करोडको लागतमा सम्पन्न भएको जानकारी सो अवसरमा गराईएको थियो । रामेछापको सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाको अध्यक्षतामा भएको कार्यक्रममा ३ नं प्रदेशका अर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेल, पुर्ब कृषि मन्त्री हरिबोल गजुरेल र पुर्ब गृह राज्य मन्त्री श्याम कुमार श्रेष्ठले बोलेका थिए । रामेछाप र सिन्धुल जोड्ने पक्की पूल बने सँगै रामेछाप जिल्लाको सुनापति, खाडादेवी र दोरम्बा गाउँपालिकाका २६ वटा वडाका स्थानीय वासीलाई राजधानी काठमाडौ र तराईका विभिन्न जिल्लामा आओत जाओत गर्न सहज हुनुका साथै गाउँको विकासमा समेत प्रत्यक्ष फाइदा पुग्ने छ ।