विराटनगर घुम्न जानेहरुलाई होटल ह्यारिसनमा छुट…


हरेकपल August 5, 2019

विराटनगर । एनआईसी एशिया बैंक लिमिटेड र होटल ह्यारिसन प्याले विराटनगरबीच बैंकका सम्पूर्ण ग्राहकवर्ग तथा कर्मचारीलाई सहुलियत सेवा सुविधा वितरण गर्नेबारे सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार अब विराटनगरको बन्जारा चोक स्थित होटल ह्यारिसन प्यालेसका विभिन्न सेवा सुविधाहरुमा बैंकका ग्राहकहरुले तीस प्रतिशतसम्म छुट सुविधा पाउँने भएका छन ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रदेश १ का प्रादेशिक कार्यालयका प्रमुख दीपक थापा र होटल ह्यारिसन प्यालेसको तर्फबाट होटलका म्यानेजर प्रदीप पोखरेलले हस्ताक्षर गरेका छन।

उक्त सम्झौताबारे जानकारी गराउँदै हिजो एक विज्ञप्ति जारी गरेर बैंकका प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले प्रदेश १ को मुख्य शहर विराटनगर घुम्न जाने बैंकका ग्राहक महानुभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको समेत बताएका छन ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर २९५ शाखा कार्यालयहरु, ३२० एटिएम, ५५ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको बताइएको छ ।

१७ लाखभन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।