सुनको भाउमा नयाँ रेकर्ड, तोलाको ६७ हजार ८ सय रुपैयाँ


हरेकपल August 5, 2019

 

काठमाडौं,२० साउन । आज सुनको मुल्य तोलामा १५ सय रुपैयाँले बढेको छ । सुनको भाउ तोलाको ६७ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । आइतबार सुन तोलामा ६६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीको मूल्यमा  प्रतितोला २० रुपैंयाले वृद्धि भएको छ। आइतबार ७ सय ७५ मा कारोबार भएको चाँदीको मूल्य सोमबार ७ सय ९५ रुपैंया पुगेको हो