रातो सारीमा सजिएर हिमानी शाहले गरिन् पशुपतिनाथको दर्शन


हरेकपल August 5, 2019

काठमाडौं, २० साउन । आज साउनको तेस्रो सोमबार । यसै अवसरमा पूर्व युवराज्ञी हिमानी शाहले बिहान पशुपतिनाथको दर्शन गर्नु भएको छ ।

छोरी पूर्णिका र छोरा हृदयन्द्रका साथ रातो साडीमा पशुपतिनाथ पुग्नु भएकी शाहले करिब २० मिनेट मन्दिरभित्र पूजा आराधना गर्नु भएको थियो । हिमानीसहित पूर्वराजपरिवारका सदस्य देखेर पशुपति पुगेका अन्य भक्तजन दंग परेका थिए । भीड बढेपछि सुरक्षाकर्मीलाई जोगाउन केहीबेर हम्मे पनि परेको थियो । पूर्णिकाले दर्शनपछिको तस्बिर आफ्नो फेसबुकबाट पनि सार्वजनिक गर्नुभएको छ ।