दुर्जन किन त्याज्य हुन्छन् ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल August 6, 2019

तक्षकस्य विषं दन्ते मक्षिकाया विषं शिरे ।
वृश्चिकस्य विषं पुच्छे सर्वाङ्गे दुर्जने विषम् ।। – चाणक्य

सर्पको विष दाँतमा हुन्छ, झिँगाको शिरमा विष हुन्छ, विच्छिको पुच्छरमा विष हुन्छ भने दुर्जन व्यक्तिको सर्वाङ्गमा विष हुन्छ । त्यसैले दुर्जनको संगत नगर्नू ।

दुर्जनव्यक्ति अति नै विषालु हुने गर्दछन् भन्नु नै यस नीति वचनको तात्पर्य हो । विषालु भनिने सर्प विीच्छ आदिको त एकठाँउमा मात्र विष हुन्छ कुनै निश्चत स्थानको ख्याल गर्दा हुन्छ तर दुर्जन व्यक्तिका हरेक अंग अंगमा विष घडा परिपूर्ण हुने भएकाले सजग रहनु पर्छ । अर्थात् दुर्जन व्यक्ति भनेका विषका पनि विष हुन् जो सधैँ त्याज्य हुन्छन् । – नारायणप्रसाद निरौला, ज्योतिषाचार्य –