कांग्रेस नेता प्रकाशमान सिंहको मेडिसिटीमा उपचार हुँदै


हरेकपल August 6, 2019

काठमाडौं, २१ साउन । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह ललितपुरमा रहेको मेडिसिटी अस्पतालमा भर्ना भएका छन् । ‘प्रोस्टेट’मा समस्या देखिएपछि उनलाई मंगलबार राति १ बजे अस्पताल भर्ना गरिएको सिंहका प्रेस सहयोगी यूपी लामिछानेले जानकारी दिएका छन् ।

लामिछानेका अनुसार उनको ५२७ नम्बर बेडमा उपचार भइरहेको छ । पिसाबमा संक्रमण (इन्फेक्सन) देखिएको छ । सिंहको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । चिकित्सककै सल्लाहबमोजिम नेता सिंहलाई अस्पताल भर्ना गरिएको हो ।