आज बुधबार, हेर्नुहोस् आजको दिन २०७६ श्रावण २२ गते


हरेकपल August 7, 2019

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल श्रावण महिनाको २२ गते बुधवार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत श्रावण शुक्लपक्षको सप्तमी तिथि बेलुका ४।४८ बजेसम्म रहनेछ । यो महिनाका देवता श्रीधर र मासदेवी कान्तिमती हुन् । सूर्य कर्कट राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । स्वाती नक्षत्र राति ३।१२ बजेसम्म रहनेछ । आज शुभ योग र गर करण रहेको छ । यसैगरी आज सूर्योदय ५।३० मा छ भने सूर्यास्त बेलुका ६।४७ बजे हुनेछ ।

चन्द्रमा आज तुला राशिमा छन् । आज दुर्गा भगवतीको उपासनासँगै राता वस्तुको प्रयोग शुभ रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५