उपसभापति निधिले सिंहलाई भेटेर गरे स्वास्थ्यलाभको कामना


हरेकपल August 6, 2019

काठमाडौं, साउन २१ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले केन्द्रीय सदस्य तथा पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई भेटेर सिंहको स्वास्थ्य अबस्थाबारे जानकारी लिनु भएको छ ।‘प्रोस्टेट’मा समस्या देखिएपछि मंगलबार बिहान १ बजे अस्पताल भर्ना हुनु भएका सिंहलाई मंगलबार दिउँसो अस्पतालमा पुगेर उपसभापति निधिले स्वास्थ्य अबस्थाबारे जानकारी लिनुका साथै शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ । सिंहलाई भेट्न निधिका साथ पत्नी अनामिकासमेत पुग्नु भएको थियो । अस्पतालको ५२७ नम्बर बेडमा सिंहको उपचार भइरहेको छ । नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंह र महेन्द्रनारायण निधिको परिवारमा राजनीतिका साथै पारिवारिक सम्बन्ध घनिष्ठ रहेको छ ।