काठमाडौंमा निशुल्क प्राथमिक उपचार तालिम हुने


हरेकपल August 7, 2019

काठमाडौं । विराज समाज र ओम समाज डेन्टल हस्पिटलको आयोजनामा साउन २४ गते एक दिने नि:शुल्क प्राथमिक उपचार तालिम कार्यक्रम तय भएको छ । तालिम एसियन भिलेज फुड ल्याण्ड एण्ड पार्टी प्यालेस सुकेधारा काठमाडौंमा हुने भएको छ । नि:शुल्क प्राथमिक उपचार तालिम राष्ट्रको लागि योगदान’ भन्ने मुल नारा लिएरका सामाजिक अभियन्ता ओमप्रसाद उप्रेतीको प्रशिक्षणमा ओम समाज डेन्टल हस्पिटल तथा विराज समाजको संयुक्त आयोजना निशुल्क प्राथमिक उपचार तालिम हुने भएको हो ।