बैंकस्योरेन्सका कारण वीमा अभिकर्ताहरू निरास


हरेकपल August 7, 2019

बैंकले बीमा कम्पनीसँग सम्झौता गरी सम्बन्धित कम्पनीको योजनाहरू बिक्री वितरण गर्ने प्रक्रिया नै बैंकस्योरेन्स हो । बैंकस्योरेन्स गर्दा बैंक आफैले नै आफ्ना निक्षेपकर्ता वा ऋणीलाई वीमा कम्पनीको योजना जारी गर्न पाउँछ । यसको लागि बैंकमा वीमा गर्ने छुट्टै विभाग हुन्छ । बैंकले वीमितको खाताबाट वीमाशुल्क काटेर वीमा कम्पनीको खातामा राखी दिन्छ । त्यसैले दाबी पर्दा पनि बैंकले नै भुक्तानी गर्छ । तर कति रकमसम्मको योजना बैंक आफैले नै जारी गर्न पाउने र कतिसम्मको भुक्तानी बैंकले नै गरिदिने भन्ने विषयमा बैंक तथा कम्पनी बिच भएको सम्झौता अनुसार हुन्छ ।

वीमा समितिले- कम्पनीको वीमा योजना बैंकले पनि विक्रि वितरण गर्न पाउने सम्बन्धि विद्धयक संसदमा पेश गरेको छ । वीमा अभिकर्ताहरूले गलत वीमा योजनाहरू विक्रि वितरण गरेको, त्यसैले मानिसहरूले वीमा गर्न नचाहेको निसकर्ष वीमा समिति को रहेको छ । तर विमा अभिकर्ताहरूले चाँही मानिसहरूमा चेतनाको कमिले गर्दा वीमा नगरेको बताईरहेका छन । वीमा समितिले पेश गरेको वीमा विद्धयक को अभिकर्ताहरूले बिरोध गरिरहेका छन । अभिकर्ताहरू वीमितको घरमा नै गएर सम्झाएर बुझाएर वीमा गराउँछन तर बैंकले अफ्नो लक्ष्य अनुसार निक्षेपकर्ता वा ऋणीलाई अनिवार्य वीमा गर्न लगाउँने ।वीमाको बारेमा नबुझीकन करकापमा वीमा गरेकै कारण उनीहरूले नविकरण गराउन नचाहेको, बैंकबाट वीमा गर्दा कतिपय वीमितको हातमा वीमा योजना नै नपुग्ने समस्या रहेको, वीमा अभिकर्ताहरूको भनाई छ । वीमा कम्पनि लाई सफल पार्न अभिकर्ताहरूको ठूलो हात रहेको र वीमा अभिकर्ता बेगर वीमा व्यवसाय सोच्नपनि नसकिने उनीहरू बताउँछन ।

बैंकमा निक्षेप संकलन गरेका मानिसहरूलाई लोनको आवश्यक पर्दा, पहिला वीमा योजना खरिद गर्नुपर्ने अनिमात्र लोन लिन पाइन्छ भनेर जबरजस्ती वीमा गरिदिने कुरा अभिकर्ताहरूको रहेको छ । नीतिगत रूपमा व्यवस्था नगरिएसम्म बैंकस्योरेन्स सम्झौता गरिनु जोखिमपूर्ण हुने विज्ञहरू बताउँछन । वीमा ऐन २०७५ मा अभिकर्ता को परिभाषा समेत नराखिएको प्रति वीमा अभिकर्ता संघ ले आपति जनाएको छ । बरू वीमा अभिकर्ता को योग्यता र अभिकर्ताहरूको कामप्रति विश्वस्त भएपछि उनिहरूलाई थप सेवा सुबिधा दिने सम्बन्धि कुराहरू विद्धयकमा थप्न वीमा अभिकर्ता संघले वीमा समितिलाई आग्रह गरेको छ ।