काठमाडौं, २२ साउन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार नजिक रहेको सुविसु केवुल नेटवर्कको कार्यालयमा आगलागी भएको छ । आज दिउँसो करिब १२ः ४० बजेतिर आगलागी शुरु भएको स्थानीयले हरेकपललाई बताएका छन् । सुबिसुको स्टोरमा लागेको आगो निभाउने प्रयास भइरहेको छ । स्टोरसँगै पेट्रोलियम भण्डारण गर्ने ट्याङ्क रहेकाले ठूलो क्षति भएको हुनसक्ने बताइएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंकाअनुसार अहिले दुईवटा दमकलले आगो निभाउने प्रयास गरिरहेको छ । आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी, स्थानीय बसिन्दालगायतले प्रयास गरिरहेका छन् । वारुण यन्त्रमार्फत आगो नियन्त्रणमा लिने प्रयास भए पनि आगो ठूलो फैलिएकाले नियन्त्रणमा आउन ढिलाइ भएको छ । यतिखेर बालुवाटार आसपासमा सवारी ट्राफिक बढेको छ । सुबिसुले इन्टरनेट तथा केबुल टेलिभिजन सेवा प्रदान गर्दै आएको छ। आगलागीकाे कारण भने अहिलेसम्म नखुलेकाे प्रहरीले बताएकाे छ ।
क्षतिको थप विवरण आउन बाँकी ।