सुविसु कार्यालयमा लागेको आगो नियन्त्रणमा (अपडेट)


हरेकपल August 7, 2019

काठमाडौं, २२ साउन । प्रधानमन्त्रीको सरकारी निवास नजिक रहेको इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसुमा आज दिउँसो लागेको आगो नियन्त्रणमा आएको छ । बालुवाटारस्थित सुविसुको मुख्य सर्भर रहेको भवनमा बुधबार दिउँसो १२ः४० बजे आगलागी भएको थियो । आगलागी साढे २ बजे नियन्त्रणमा आएको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र काठमाडौं महानगरपालिकाको दमकलको टोलीले आगो नियन्त्रणमा लिएको हो। आगो नियन्त्रण लिन झण्डै ४५ मिनेट लागेको प्रहरीले जनाएको छ। ग्यास लिक भएर आगलागी भएको प्रारम्भीक अनुमान गरिएको छ।

आगो निभाउन नेपाल प्रहरी, नेपाली सेनालगायतको दमकल प्रयोग गरे पनि पेट्रोलबाट लागेको आगो पानी हालेर निभाउन कठिन भएको थियो । आगलागीपछि सुविसुको सेवा अवरुद्ध भएको छ ।