आज बिहीबार, गोरखकाली भगवतीको उपासना गर्ने दिन हेर्नुहोस् आजको दिन २०७६ श्रावण २३ गते


हरेकपल August 8, 2019

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल श्रावण महिनाको २३ गते बिहीवार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत श्रावण शुक्लपक्षको अष्टमी तिथि दिवा ३।११ बजेसम्म रहनेछ । यो महिनाका देवता श्रीधर र मासदेवी कान्तिमती हुन् । सूर्य कर्कट राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । विशाखा नक्षत्र राति २।१५ बजेसम्म रहनेछ । आज शुक्ल योग र बालव करण रहेको छ । यसैगरी आज सूर्योदय ५।३१ मा छ भने सूर्यास्त बेलुका ६।४६ बजे हुनेछ ।

चन्द्रमा आज तुला राशिमा छन् । आज अष्टमी व्रतका साथै गोरखकाली भगवतीको उपासना गर्ने उत्तम दिन हो ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५