गाउँ नजाने वडा कार्यालयको अनुदान कटौति हुने


हरेकपल August 8, 2019

-वद्री नयाँघरे –

रामेछाप । पालीकाले गरेको निर्णयलाई वेवास्ता गर्ने मन्थली नगरपालिकाका आधा दर्जन वडा कार्यालयको अनुदान कटौति हुने भएको छ । स्थानिय निकायको निर्वाचन संगै नियमित रुपमा सदरमुकाममा नै बसेर कामकाज गर्दै आएका ६ वटा वडा कार्यालयको अनुदान रकम काटिने भएको हो ।
सरकारले संघियिताको कार्यान्वयन संगै वडाको अधिकार गाउँमा पुर्याउने घोषणा गरेको भएपनि मन्थली नगरपालीकाका ६ वटा वडाका वडा अध्यक्षहरुले अटेर गरि सदरमुकाममानै कार्यालय खोलेर काम गर्दे आएका छन. । नागरिक हरुले आफनो सामान्य कामको लागि पनि सदरमुकामनै धाउनु परेपछि नगरपालीकाले पटक पटक वडा कार्यालयलाई आफनो कार्यक्षेत्रमा फर्कन अनुरोध गरेको थियो ।

स्थानिय निकायको निर्वाचन पछि पनि गाउँमा वडा कार्यालय नहुँदा नागरिकहरुले गाउँमै पाउने सेवा सुविधा पाउन नसक्दा उनीहरुले दैनिक हैरानी खेप्न वाध्य भएको सेवा गुनासो सेवाग्राहि हरुले गरेका छन् । स्थानिय निर्वाचन सम्पन्न भएको २ वर्ष वितिसक्दा पनि सरकारले उद्घोष गरे अनुसारको अधिकार गाउँमा नै पाउनु त परै जाओस गाउँका नागरिकहरुले अहिलेसम्म आफ्नो वडा कार्यालय गाउँमै देख्न समेत पाएका छैनन् ।

यस वारेमा चौतफि आवाज उठेपछि ततकाल गाउँमा वडा कार्यालय स्थापना गर्न मन्थली नगरपालिकाले सवै वडाका लागि गत आवमानै वजेट विनियोजन गरेको थियो । तर वडा कार्यालय हरुले त्यसको पनि सहि रुपमा कार्यन्वयन नगरि सम्वन्धित उक्त रकमवाट केही सामान खरिद गरी वडा कार्यालय खोलेका थिए । तर ६ पटै वडा कार्यालय सम्वन्धित वडा कार्यालयमा नवसेर जिल्ला सदरमुकाम मन्थलीमा सम्र्पक कार्यालय खोलेर सदरमुकाममै वस्दै आएका छन् ।

सम्वन्धित वडा कार्यालयमा गाउँमा नवसेको र नागरिकहरुले सेवा लिन धेरै दुःख पाएको विषयमा जनस्तरवाट आवाज उठेको पटकपटक आवाज उठेपछि मन्थली नगरपालिकाले सदरमुकामवाट संचालन भएका ६ वटा वडा कार्यालयलाई तत्काल गाउँमै वडा कार्यालयमा गएर नागरिकलाई सेवा दिन निर्देशन दिएको थियो । तर स्थानिय निर्वाचन भएको २ वर्ष वितिसक्दा पनि ती वडा कार्यालयहरु गाउँ फर्किएका छैनन् । नगरपालिकाले दिएको निर्देशन अटेर गरी सदरमुकाममा वस्दै आएका छन् ।

लामो समयदेखि कार्यपालीकाको वैटका वडा कार्यालयमा आगामी भदौ मसान्त सम्म गाउँमा गएर कार्यालय नखोल्ने वडा कार्यालयको अनुदान कटौति गर्ने निर्णय कार्यपालीकाको वैठकले गरि सकेको मन्थली नगरपालीकाका नगर प्रमुख रमेश कुमार वस्नेतले वताए । उनले भने अरु कुरामा सहमति र संझौता हुन सक्ला तर नागरिकको सरोकार संग जोडिएका कुनै पनि एजेण्डाहरुको विरुद्ध भने कुनै किसिमको संझौता हुन सक्दैन ।

१४ वटा वडा कार्यालय रहेको मन्थली नगरपालीकाका सदरमुकाममा रहेका वडा कार्यालयमा नगएर सदरमुकमा मन्थलीवाट वडा कार्यालय संचालन हुने वडा कार्यालयहरुमा कठजोर वडा नं २ र ३ वडा नं ४ सालु, वडा नं ५ को सुनारपानी १० नं वडाको चनखु र ११ नं वडाको गेलु रहेका छन् । त्यसमा पनि वडा नं ५ कोे कार्यालय भने सदरमुकाममा रहेको वडा अध्यक्षको आफ्नै घरमा संचालन हुँदै आएको छ । वडा कार्यालय शहरमा केन्द्रित हुँदा नागरिकहरुले नागरिकताको सिफारिस, जन्मदर्ता, विवाह दर्ता, वसाईसराई आदिको सिफारिस, सामाजिक सुरक्षा भत्ता वितरण, नाता प्रमाणित, जग्गाको तिरो लगाएतका साना ठुला कामहरु लिएर सदरमुकाम धाउनु पर्दा नागरिकहरुले हैरानी खेप्नु परेको मन्थली नगरपालिका वडा नं ५ का दिपक कार्किले वताए ।उनले भने निर्वाँचनको समययमा दुनिया खालको कुरा गरेर भोट मागेका वडा अध्यक्षहरुले अहिले सवै कुरालाई विर्सिई सकेका छन् ।

पछिल्लो समयमा नागरिकको भन्दा आफनो पक्षमा काम गर्ने वानि परेका जन प्रतिनिधिहरुको काम वाट नागरिकलाई सास्ती भएको छ । एउटा सिफारिस लिन टाढा देखि हजारौं रुपैयाँ खर्चेर सदरमुकाम जानु पर्ने वाध्यता छ । सदरमुकाम जाँदा पनि कुनै समय कर्मचारी नभेटदा त्यतीकै रित्तो हात फर्कनु पर्ने अवस्था रहेको मन्थली नगरपालीका ५ की सुनिता सार्किले वताईन् ।

नगरपालिकाको खवरदारी र महिनैपिच्छे हुने कार्यपालिकाको वैठकमा यो कुराले नियमित जस्तै चर्चा पाउने गरेको छ । तर ति वडा कार्यालयहरुले भने गाउँमा वडा कार्यालयको वोर्ड मात्र झुण्डायाउँदै आएका छन् । उनीहरुले अहिले सदरमुकाममै कार्यालय खडा गरेर बस्दै आएका छन् । गाउँका वडा कार्यालयलाई नियमित र व्यवस्थीत गराउन तर्फ ध्यान नजानु जन प्रतिनिधिहरुको गैर जिम्मेवारीपनको पराकाष्ठ भएको आरोप सेवाग्राहिहरुले लगाएका छन् ।