सुनको भाउ आकासियो,तोलामा ७० हजार


हरेकपल August 8, 2019

काठमाडौँ । आज सुनको मूल्य बढेर तोलाको ७० हजार रुपैयाँ पुगेको छ। लगातार एक सातादेखि बढेको सुनको मूल्यमा आज थप पाँच सय रुपैयाँ वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकोले स्थानीय बजारमा नयाँ रेकर्ड कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले जानकारी दिए। सुनको मूल्यमा लगातार वृद्धि भएपछि बजारमा माग भने ह्वात्तै घटेको छ । चाँदी बिहिबार तोलामा १५ रुपैयाँले बढेर ८२५ रुपैयाामा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ।