आज शुक्रबार नवमी तिथि, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७६ श्रावण २४ गते


हरेकपल August 9, 2019

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल श्रावण महिनाको २४ गते शुक्रवार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत श्रावण शुक्लपक्षको नवमी तिथि दिवा १।५६ बजेसम्म रहनेछ । यो महिनाका देवता श्रीधर र मासदेवी कान्तिमती हुन् । सूर्य कर्कट राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । अनुराधा नक्षत्र राति २।१५ बजेसम्म रहनेछ । आज ब्रह्म योग र तैतिल करण रहेको छ । यसैगरी आज सूर्योदय ५।३१ मा छ भने सूर्यास्त बेलुका ६।४६ बजे हुनेछ ।

चन्द्रमा आज वृश्चिक राशिमा छन् । आज नवमी तिथि शुक्रबार हो । तिथिका हिसाबले आज रिक्ता हो । रिक्ता तिथिमा जुराएर गर्नुपर्ने कार्य निषिद्ध रहन्छन् । यसैगरी आज शुक्रबार इन्द्रायणी भगवतीको उपासना शुभ रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५