प्रेस युनियनको अधिवेशन काठमाडौँमा


हरेकपल August 9, 2019

-विजय राई-

काठमाडौँ । नेपाल प्रेस युनियनको महाधिवेशन मंसिर अन्तिममा काठमाडौमा गर्ने हिजो निर्णय गरेको छ ।
नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलको अध्यक्षमा हिजो वसेको सचिवालय समितिको बैठकले नवौ महाधिवेशन मंसिर २८ र २९ गते काठमाण्डौमा गर्ने निर्णय गरेको जनाएको हो । नेपाल प्रेस युनियनका अधिवेशन गर्न बाकी रहेका शाखाहरुले भाद्र मसान्त भित्रमा अनिवार्य रुपमा गरिसक्नु पर्ने अन्यथा केन्द्रिय महाधिवेशनमा भाग लिन नपाउने निर्णय भएको महासचिव अजयबाबु सिवाकोटीले बताउनुभयो ।

बैठकमा वरिष्ठ उपाध्यक्ष दिपक आर्चाय,उपाध्यक्षहरु इश्वरी ओझा,बाला अधिकारी,विजय सन्तोषी राई,महासचिव अजयबाबु सिबाकोटी,उपमहासचिव भिष्म ओझा,कोषाध्यक्ष सरोज अधिकारी लगायतले महाधिवेशन भव्य रुपमा सम्पन्न गर्न सवै एकजुट भएर लाग्नु पर्नेमा जोड दिनुभयो । महाधिवेशन सफल बनाउन आजै देखी सम्पूर्ण शक्ति परिचालन गरी अभियान संचालन गरिने अध्यक्ष बद्री सिग्देलले वताउनुभयो ।बैठकमा अध्यक्ष बद्री सिग्देलले नेपाल प्रेस युनियनको केन्द्रिय समितिको सल्लाहकारमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. सुरेश आर्चाय,निर्वतमान अध्यक्ष समिरजंग शाह र वरिष्ठ पत्रकार कविर राणालाई मनोनयन गर्नु भएको जानकारी गराउनु भएको उपाध्यक्ष विजय सन्तोषी राईले वताउनुभयो ।