काठमाडौँको स्वयम्भूनजिक गोली चल्यो, दुई युवा पक्राउ


हरेकपल August 9, 2019

काठमाडौं, २४ साउन । काठमाडौंको स्वयम्भूनजिक बिजेश्वरीमा आज दिउँसो गोली चलेको छ । प्रहरीले गोली हानेर दुई युवालाई पक्राउ गरेको छ । लुटेराको समूहलाई नियन्त्रमा लिन महानगरीय अपराध महाशाखाको टोलीले दुई राउन्ड गोली प्रहार गरेको हो । यसअघि रामेछापका जनप्रतिनिधिसँग उनीहरुले २ करोड माग्दै धम्की दिएको पनि अनुसन्धानमा खुलेको छ।

विजेश्वरी हाउजिङको झिँगु क्याफेमा प्रहरीले गोली हानेपछि अमृत तामाङ र लोप्साङ भनिने मिलन तामाङलाई नियन्त्रणमा लिइएको बताइएको छ । लोप्साङ सँगै अमृत तामाङ पनि पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार लोप्साङलाई घुँडामुनि गोली हानेर पक्राउ गरिएको हो ।